मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई अनलाइन ‘सपिङ बजेट पसल डटकम’मा छुट
काठमाडौं ।मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन काठमाडौँ उपत्यकामा सञ्चालित अनलाइन सपिङ बजेट पसल डट कमसँग व्यावसायिक सम्झौतामा हस्ताक्षर गरेको छ ।
बजेट पसल डट कमद्वारा केही किल्कबाटनै सजिलै विभिन्न सामग्रीहरू जस्तैः खाद्य वस्तुहरू, मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय सामग्री, घरेलु सरसफाइ, सुन्दरताका सामग्री तथा अन्य सामान सजिलै अनलाइन खरिद गर्न सकिनेछ । होम डेलिभरीको व्यवस्था रहेको हुँदा यो सेवा आफू व्यस्त रहेको समय र कोरोनाको समयमा पनि निकै उपयुक्त रहने विश्वास लिएको बैंकले जनाएको छ ।
सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले बजेट पसलबाट तीन हजार रुपैयाँभन्दा बढीको सामान अनलाइन खरिद र भुक्तानी गर्दा पाँच प्रतिशतसम्म छुटको फाइदा लिन सक्नेछन् । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदिजस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया