मधेस आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस
विराटनगर । मधेसी आयोगले प्रदेश नं. १ का प्रमुख परशुराम खापुङलाई तेस्रो वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश नं. १ को कार्यालय विराटनगरमा आयोगका सदस्यहरू जीवछ साह, रेणदेवी साह र विजयकुमार गुप्ताको उपस्थितिमा प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन बुझ्ने क्रममा प्रदेशप्रमुख परशुराम खापुङले मधेसीको समस्या मधेसीको मात्रै नभएर राष्ट्रिय समस्या भएको बताएका थिए । तर कतिपय समस्याहरू फरक ढङ्गले अध्ययन नगरी समाधानको विन्दुमा नपुगिने भएकोले मधेसी आयोगलगायतका आयोगको गठन हुनपुगेको प्रदेशप्रमुखको भनाइ थियो ।
प्रतिवेदनअनुसार मधेसी आयोगमा हालसम्म एक सय ९० वटा उजुरी परेका छन् । त्यसैगरी बाढिपहिरोले पु-याएको क्षति, मधेसी समुदायमा देखिएको जातीय विभेद, धार्मिक तथा साम्प्रदायिक विवाद, नेपाल भारत सीमा उत्पन्न तनाबले मधेसी समुदायमा परेको प्रभावलगायतको अनुगमन तथा अध्ययन गरेको छ ।
आयोगले मधेसी समुदायको पहिचानको सम्बन्धमा अध्ययन गरी थर पनि सूचीकरण गरेको छ । थर सूचीकरणलाई अद्यावधिक बनाउन विश्वविद्यालय, केन्द्रीय तथ्याङ्क विभाग, संस्कृतिविद्लगायतका विज्ञ तथा पदाधिकारीसँग अन्तक्रिया पनि गरेको छ । प्रदेशप्रमुखको कार्यालयका सचिव तुलसीराम सेढाईले प्रदेशलाई बुझाउने प्रतिवेदन प्रदेशस्तरीय हुनुपर्ने आयोगलाई सुझाव दिएका थिए । उक्त सुझाव सकारात्मक रहेको आयोगका सदस्य रीनादेवी साहले बताइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
- विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया