महालक्ष्मी लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले काठमाडौँमा बिहीबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए । अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेस गर्दै कम्पनीको वर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए ।
सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनसहित आव २०७६–०७७ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास ग-यो । स्वतन्त्र सञ्चालक रविराज भट्टराईको नियुक्ति अनुमोदन, लेखापरीक्षकको नियुक्ति र सरकारको कोरोना कोषमा जम्मा गरेको सात लाख ५० हजारको खर्च समेत सभाले अनुमोदन गरेको छ । सभामा महालक्ष्मी लाइफको सहायक कम्पनी ल्याउने विषयमा छलफल भई आगामी साधारणसभामा विस्तृत कार्ययोजना ल्याउने सहमति भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया