काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । ओलीले झापा जिल्लास्थित गिरीबन्धु टी स्टेटको नाममा बर्तामोड र अर्जुनधारामा रहेको तीन सय बिघाभन्दा बढी जग्गा सट्टापट्टा गर्न पाउने कानुनी व्यवस्था गरेर नीतिगत भ्रष्टाचार गरेको आरोप उजुरीमा लगाइएको छ ।
नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एसको विद्यार्थी संगठनले उक्त उजुरी गरेको हो । उजुरीमा उक्त गिरीबन्धु टी स्टेट सञ्चालन गर्न नसक्दा हदबन्दीभन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा अर्बौँ सम्पत्ति लिने नियतले जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरी नीतिगत भ्रष्टाचार गरेको आरोप लगाइएको छ । उजुरीमा तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी आर्याल समेतलाई भ्रष्टाचारमा अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ ।
सोही उजुरीमा नेकपा एस निकटको अखिलले कोरोना महामारीको समयमा ओम्नी ग्रुपसँग मिलेमतो गरी स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को संयोजक तथा उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरल, स्वास्थ्यमन्त्री भानुभक्त ढकालले करोडौँ रुपौयाँको भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।
अखिलको बागमती प्रदेशका संयोजक दीपक बुढाथोकीले दर्ता गरेको उजुरीमा भिजिट नेपाल २०२० को नाममा प्रचारप्रसारको लागि भनी राज्यकोषको करोडौँ रकम तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलगायतले भ्रष्टाचार गरेको दाबी पनि गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया