सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ४ र ५ जुबुका करिब पाँच सय ९५ घरधुरी महिनौँदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । सो क्षेत्रमा विद्युत् वितरण गर्दै आएको दुदुखोला लघु जलविद्युत् आयोजनाको विद्युत् सेवा गत कात्तिकदेखि नै बन्द भएपछि उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका हुन् ।
विद्युत् सेवा नहुँदा स्थानीयवासी सञ्चार सेवाबाट समेत वञ्चित हुनुपरेको छ भने मोबाइल चार्ज गर्न समेत अन्यन्त्र जानुपर्ने बाध्यत सिर्जना भएको स्थानीयले बताएका छन् । कतिपयले वैकल्पिक ऊर्जाको रूपमा सोलार प्रयोग गरे पनि निम्न आर्थिकस्तर भएका उपभोक्ताहरू बढी मारमा परेका छन् । गाउँमा विद्युत् विस्तार भएसँगै टुकी बत्तीको समेत जोहो नहुँदा राँको बालेर खाना खानुपर्ने बाध्यता सिर्जना भएको स्थानीय मछिन्द्र तामाङले बताए ।
उनले भने, ‘विद्युत् नहुँदा साँझ पर्नेबित्तिकै घरभित्र प्रवेश गर्न समेत मन लाग्दैन, खाना पकाउन र खान त कुरै छोडौँ, दिनभरि बाहिरफेरो बसे पनि जब रात पर्छ तब हामीलाई पिर लाग्छ ।’ लामो समयदेखि विद्युत् सेवा अवरुद्ध भए पनि मर्मतका लागि चासो नदिँदा उपभोक्ता समस्यामा परेको अर्का स्थानीय नारायण पुरीको दुखेसो छ । गत कात्तिक ३ गतेबाट अवरुद्ध भएको विद्युत् सेवा माघ २ गतेबाट सुचारु भए पनि करिब १० दिनपछि पुनः अवरुद्ध भएको स्थानीयले बताएका छन् ।
यता विद्युत् उपभोक्ता समितिका अध्यक्ष धर्मराज बनले विद्युत्को मेसिनमा नै समस्या आएकाले मर्मतका लागि समय लागेको बताए । मर्मतका लागि ठूलो धनराशि खर्च हुने भएकाले मेसिन नै परिवर्तन गर्ने वा मर्मत गर्ने भन्नेबारे एक दुई÷दिनभित्रैमा उपभोक्ता समितिको बैठक डाकेर छलफल गरी अघि बढ्ने उनले जानकारी दिए । विसं २०६८ सालमा वैकल्पिक ऊर्जा खुमलटार काठमाडौँको सहयोग निर्माण गरिएको ६८ किलोवाट क्षमताको दुदुखोला लघु जलविद्युत् आयोजनाको करिब पाँच सय ९५ घर उपभोक्ता रहेको बताइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन
- व्यवसायीलाई दुःख दिँदै राजस्व कार्यालय
- पशुपतिको विद्युत् शवदाह साउन १ गतेदेखि नि:शुल्क
- निर्जीवन बीमा कम्पनीका २२ लाख ६२ हजार बीमालेख जारी
- निर्माण क्षेत्र थप धरासायी
- भावी सेनापति सिग्देलको दोहोरो नागरिकता छानबिन गर्न माग गर्दै गृहमा उजुरी
- महासंघद्वारा क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमणको प्रयास गर्नेविरुद्ध कारबाहीको माग
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया