सानिमा बैंकद्वारा १० लाख रुपैयाँ दुर्घटना बीमा रकम हस्तान्तरण
काठमाडौं । सानिमा बैंकले बीमा रकम हस्तान्तरण गरेको छ । बैंकका अनुसार सानिमा दीर्घायु बचत खाताअन्तर्गत दीर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाखको रुपैयाँको दुर्घटना बीमा दाबी भुक्तानी गरिएको हो । बैंकका धनगढी शाखाका खातावाला गणेश प्रसाद ओझाको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला श्रीमती कमली पन्त ओझालाई सानिमा दीर्घायु तलब बचत खाताअन्तर्गत १० लाख रुपैयाँ दुर्घटना बीमा रकम एक कार्यक्रमका बीच प्रदान गरिएको हो । बीमाको रकम श्रीमती कमली पन्त ओझालाई सानिमा बैंककातर्फबाट सुदूरपश्चिम प्रदेशप्रमुख मेघराज खड्का र बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख घनश्याम जोशीले संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् ।
बैंकले दीर्घायु बचत योजनाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, तीन लाख रुपैयाँसम्मको छ जटिल रोगको उपचार बीमा, ५० हजारसम्मको औषधि उपचार बीमा, १० हजारबराबरको ओपीडी सेवा र पाँच हजार रुपैयाँसम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ । बंैकको देशका सातै प्रदेशमा एक सय २३ वटा शाखा कार्यालय तथा एक सय तीनवटा एटीएम काउन्टरहरू सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया