नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न गुजरातका मुख्यमन्त्री सहमत
काठमाडौं । भारतीय राज्य गुजरातका मुख्यमन्त्री भुपेन्द्र रजनीकान्त पटेलसँग नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसीले शिष्टाचार भेटवार्ता गरेका छन् । मुख्यमन्त्री पटेलको सरकारी निवास गान्धीनगर गुजरातमा मंगलबार उक्त भेटवार्ता भएको हो । सो क्रममा संघका उपाध्यक्ष सुनिल केसीले गुजरातका निजी क्षेत्रका लगानीकर्ता तथा सरकारको तर्फबाट नेपालमा लगानी बढाउन तथा दुई देशबीच सहकार्य र सहयोग आदानप्रदान गर्न अनुरोध गरेको संघका निर्देशक केशवमान सिंहले जानकारी दिए ।
पटेल १३ सेप्टेम्बर २०२१ मा गुजरातको १७औं मुख्यमन्त्री बनेका थिए । उक्त भेटको क्रममा मुख्यमन्त्री पटेलले दुई देशबीच रही आएको सदियौँ पुरानो सम्बन्धमा समेत सौहार्दपूर्ण समीक्षा गर्दै दुईपक्षीय सहयोग तथा सहकार्य अभिवृद्धि गर्न गुजरात सरकार सकारात्मक रहेको बताएका थिए । उनले नेपालको जलविद्युतको क्षेत्र, सौर्य ऊर्जालगायतका नवीकरणीय ऊर्जा एवं सूचना प्रविधि, पूर्वाधार विकासको क्षेत्रमा लगानी गर्ने विषयमा पनि सहमति जनाएको सिंहले बताए ।
उक्त भेटवार्तामा संघले आगामी उपयुक्त समयमा आयोजना गर्ने योजना गरेको नेपाल–भारत साझेदारी सम्मेलनमा विशेष अतिथिको रुपमा सहभागी हुन तथा गुजरातको आर्थिक विकासको मोडलका विषयमा आफ्नो धारणासहित सम्बोधन गर्न राखेको प्रस्तावमा पनि मुख्यमन्त्री पटेलले सहमति जनाएको संघले बताएको छ । उक्त भेटघाट कार्यक्रमको सिलसिलामा दुई देशबीचका लगानीकर्ताहरुलाई एकै स्थानमा ल्याई लगानी तथा आपसी सहयोगको क्षेत्रमा व्यापक विचारविमर्श गर्ने उद्देश्यसहित काठमाडौं र अहमदाबाद दुवै स्थानमा नेपाल–गुजरात वाणिज्य मञ्चको स्थापना गरी अघि बढ्ने विषयमा पनि सहमति भएको संघले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया