वाणिज्य बैंकहरूको कुल चुक्ता पुँजी तीन खर्ब ५९ अर्ब
काठमाडौं । वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी तीन खर्ब ५९ अर्ब आठ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले उक्त परिमाणमा चुक्ता पुँजी पु¥याएका हुन् ।
वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी चुक्ता पुँजी ग्लोवल आईएमई बैंकको देखिएको छ भने सबैभन्दा कम चुक्ता पुँजी सिभिल बैंकको देखिएको छ । चालू आवको दोस्रो त्रैमासिकमा ग्लोबल आईएमई बैंकले २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी कायम गर्दा सिभिल बैंकको चुक्ता पुँजी आठ अर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ रहेको छ । वाणिज्य बैंकहरुमध्ये प्राइम कमर्सियल बैंक भने बढी चुक्ता पुँजी हुनेमा दोस्रो स्थानमा परेको छ । चालू आवको दोस्रो त्रैमासिकमा प्राइमले १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी कायम गर्दा सरकारी स्वामित्वको कृषि विकास बैंकले १८ अर्ब ६२ करोड छ लाख २७ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ ।
नबिल, एनएमबी र नेपाल इन्भेष्टमेन्ट बैंकले भने चालू आवको दोस्रो त्रैमासिकसम्ममा क्रमशः १८ अर्ब ४९ करोड ६१ लाख, १८ हजार ३६ करोड ६७ लाख र १८ हजार ३० करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । यसैगरी मेगा, कुमारी र नेपाल बैंकले भने चालू आवको पछिल्लो त्रैमासिकसम्ममा क्रमशः १६ अर्ब १२ करोड चार लाख, १४ अर्ब ७१ करोड ११ लाख र १४ अर्ब ४० करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । सिटिजन्स, राष्ट्रिय वाणिज्य र हिमालयन बैंकले भने चालू आवको दोस्रो त्रैमासिकसम्ममा क्रमशः १४ अर्ब २० करोड नौ लाख, १३ अर्ब ९४ करोड तीन लाख र १२ अर्ब ९६ करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
चालू आवको दोस्रो त्रैमासिकसम्ममा प्रभु, सिद्धार्थ, एनआईसी एसिया र लक्ष्मी बैंकले भने क्रमशः १२ अर्ब ७० करोड ८७ लाख, १२ अर्ब ५२ करोड ४४ लाख, ११ अर्ब ५६ करोड ४० लाख र ११ अर्ब ५५ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । सानिमा, एनसीसी, माछापुच्छ्रे र बैंक अफ काठमाडौंले भने चालू आवको दोस्रो त्रैमासिक अवधिसम्ममा क्रमशः ११ अर्ब ३२ करोड ७३ लाख, ११ अर्ब १३ करोड ९६ लाख, १० अर्ब २५ करोड ७१ लाख र १० अर्ब ६२ करोड ३९ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
नेपाल बंगलादेश, सनराइज, नेपाल एसबीआई र एभरेष्ट बैंकले भने चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा क्रमशः १० अर्ब आठ करोड ५३ लाख, १० अर्ब ११ करोड ८८ लाख, नौ अर्ब ४९ करोड ३५ लाख र नौ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । चालू आवको दोस्रो त्रैमासिक अवधिसम्ममा सेञ्चुरी कमर्सियल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने क्रमशः नौ अर्ब ५५ करोड ३९ लाख र नौ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया