एनआईसी एसिया क्यापिटलको पहिलो पुँजीबजार साक्षरता कार्यक्रम आर्थिक संवाददाता
काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागन सामजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा लुम्बिनी प्रदेशअन्तर्गत बुटवल उपमहानगरपलिका वडा नं. ९, सिद्धार्थ कटेज, मिलनचोक, बुटवलमा पहिलो प्रदेशस्तरीय पुँजीबजार साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरूले डिम्याट खाता, प्रथामिक सेयर, धितोपत्रको दोस्रो बजार, मुद्राबजार उपकरणहरू, सामूहिक लगानी कोष, दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गर्दा कहिले कसरी लगानी गर्ने तथा लगानीसम्बन्धी निर्णय लिँदा ध्यान दिनुपर्ने कुराहरूलगायत समग्र पुँजीबजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराइएको थियो ।
मर्चेन्ट बैंकहरू उपत्यकाकेन्द्रित रहेको र काठमाडौँ उपत्यकाबाहिरबाट मर्चेन्ट बैंकहरूले प्रदान गर्ने सेवा प्राप्त गर्न निकै असहज भएको जन गुनासो बारम्बार आउने गरेको हुँदा उपत्यकाबाहिरबाट कसरी मर्चेन्ट बैंकहरूले उपलब्ध गराएको सेवा लिन सकिन्छ र नयाँ लगानीकर्ताहरूलाई सहजरूपमा पुुँजीबजारमा आबद्ध भई सुरक्षितरूपमा सेयर कारोबार गर्न सकून् भन्ने मुख्य उद्देश्यका साथ उक्त साक्षरता कार्यक्रम आयोजना गरिएको कम्पनीले जाानकारी दिएको छ ।
उक्त कार्यक्रममा एक सयभन्दा बढी लगानीकर्ताहरूको सहभागिता रहेको थियो भने क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसहित उच्च व्यवस्थापन तहाका कर्मचारीहरूको उपस्थिति थियो । क्यापिटलले आगामी दिनमा सोही प्रकृतिको साक्षरता कार्यक्रम अन्य प्रदेशहरूमा समेत गर्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया