हिमालयन बैंकले १२ प्रतिशत नगद लाभांश दिने
काठमाडौं, फागुन १
हिमालयन बैंक लिमिटेडको २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अनुुसार सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाले सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस सेयरको वितरण पश्चात बैंकको चुक्तापुँजी नौ अर्ब ३७ करोड २२ लाख ८१ हजार चार सय २८ रूपैयाँ पुग्ने जानकारी अध्यक्ष श्रेष्ठले गराए ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०७४/७५ को प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा अध्यक्ष श्रेष्ठले ग्राहकवर्गले बैंकप्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको जानकारी सभालाई दिए । अध्यक्ष श्रेष्ठले २७ वर्ष देखि सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणीमध्येको सुरक्षित र भरपर्दो बैंक भएको उल्लेख गरे । उनले नवीन, सुरक्षित तथा स्वस्थ बैंकिङ प्रणालीको विकास गर्दै जनताको विश्वासअनुरूप अझ सुलभ तथा स्तरीय सेवा पु¥याउने लक्ष्यमा बैंक सदाझैं प्रतिबद्ध रहेको बताए ।
अध्यक्ष श्रेष्ठले बैंकले आव २०७५/७६ अन्त्य सम्म एक खर्ब १३ अर्ब नौ करोड निक्षेप संकलन र ९८ अर्ब २० करोड ६३ लाख कर्जा प्रवाह गरेको जानकारी गराए जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १३ दशमलव ३८ र १३ दशमलव आठ प्रतिशतले बढी हो । सभामा हिमालयन बैंकको सञ्चालक समितिमा संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने पाँच जना सञ्चालक पदमा प्रचण्डबहादुर श्रेष्ठ, फैजल एन ललानी, तुलसीप्रसाद गौतम, सुनिलबहादुर थापा र आशिष शर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत रमेश सापकोटाले जानकारी दिए ।
नवनिर्वाचित सञ्चालकहरूलाई बधाई दिँदै बैंकको विभिन्न क्रियाकलापका सम्बन्धमा प्रकाश पर्दै अध्यक्ष श्रेष्ठले चालू आर्थिक वर्षमा कम्तीमा १२ स्थानमा नयाँ शाखाहरूको स्थापना गर्ने जानकारी दिए । साथै अध्यक्ष श्रेष्ठले बैंकको सेवा तथा सुविधाहरूलाई समयानुरूप आकर्षक एवं गुणस्तरीय बनाउनेतर्फ बैंक निरन्तर प्रयासरत रहने पनि बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
- नीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ
- नेवार र तामाङ भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजमा
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
- जापानी विदेशमन्त्री योको कामिकावाको भ्रमण कोशेढुंगा बनोस्
- किन लाग्छ गभर्नरमाथि पुँजीबजार विरोधीको आरोप ?
- योजनाका लक्ष्य भेट्न धरातल बनाऔँ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया