काठमाडौं, फागुन ४
यस साता सेयर बजार परिसूचक १३ सय ४४ दशमलव ५९ अंकमा पुगेर रोकिएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ८४ दशमलव २४ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा एक सय ७५ कम्पनीहरुको कारोबार भएका छन् । जसअनुसार ७० हजार नौ सय २४ वटा कारोबारमा एक करोड ६६ लाख १४ हजार पाँच सय ८८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम छ अर्ब ६९ करोड ८३ लाख २९ हजार एक सय ३६ रुपैयाँ पुगेको छ ।
यो कारोबार रकम गत साताको तुलनामा झण्डै एक अर्ब रुपैयाँले कम हो । गत साता भने धितोपत्र बजारमा एक सय ७७ कम्पनीहरुको कारोबार भएका थिए । जसअनुसार ८१ हजार चार सय पाँच वटा कारोबारमा दुई करोड ११ लाख छ हजार तीन सय ३५ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम सात अर्ब ३९ करोड १७ लाख दुई हजार पाँच सय १० रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । सो मध्ये पहिलो र पाँचौं दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने दोस्रो, तेस्रो र चौथो दिन सेयर बजार परिसूचक उकालो लागेको थियो ।
यस साता पहिलो दिन बजार परिसूचक १३ दशमलव सात अंकले ओरालो लागेर १३ सय १९ दशमलव ९९ अंकमा झरेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन अंकले ओरालो लागेर दुई सय ८१ दशमलव चार अंकमा झरेको थियो । दोस्रो दिन भने बजार परिसूचक चार दशमलव २८ अंकले उकालो लागेर १३ सय २४ दशमलव २६ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव तीन अंकले उकालो लागेर दुई सय ८१ दशमलव ६२ अंकमा चढेको थियो । तेस्रो दिन पनि बजार परिसूचक उकालो लागेको थियो ।
उक्त दिन बजार परिसूचक १७ दशमलव ११ अंकले उकालो लागेर १३ सय ४१ दशमलव ३८ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७५ अंकले उकालो लागेर दुई सय ८५ दशमलव ३७ अंकमा चढेको थियो । चौंथो दिन पनि बजार परिसूचक चार दशमलव छ अंकले उकालो लागेर १३ सय ४५ दशमलव ९७ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव १९ अंकले उकालो लागेर दुई सय ८५ दशमलव ५६ अंकमा चढेको थियो । अन्तिम कारोबार दिन भने बजार परिसूचक एक दशमलव ३९ अंकले ओरालो लागेर १३ सय ४४ दशमलव ५९ अंकमा झरेको थियो । उक्त दिन सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३२ अंकले ओरालो लागेर दुई सय ८४ दशमलव २४ अंकमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा हिमालयन डिष्ट्रिलरी प्राली, ग्लोवल आईएमई बैंक, एनआईसी एशिया बैंक आदि परेका छन् । यसैगरी सेयर कारोबार भएको संख्यामा आधारमा भने ग्लोवल आईएमई बैंक सिभिल बैंक, नेशनल हाइड्रो पावर कम्पनी, प्रभु बैंक, आदि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् । सेयर सूचीकरण तर्फ भने यस सातामुक्तिनाथ विकास बैंकको ६४ लाख ७२ हजार सात सय ७३ दशमलव ३८ र सनराईज बैंकको ८१ लाख ५२ हजार पाँच सय ५५ दशमलव ८५ कित्ता बोनस सेयर नियमित कारोबारका लागि सूचीकृत भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया