महिला सहयात्रा लघुवित्तको पुनर्ताजगी तालिम
काठमाडौं, फागुन ४
मकवानपुर जिल्लाको चित्लाङमा केन्द्रीय कार्यालय रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रदेश नम्बर २ र ३ कासहायक स्तरका कर्मचारीहरुको सहभागितामा यही फागुन १ देखि २ गतेसम्म कर्मचारी पुनर्ताजगी तालिम हेटौडामा सम्पन्न गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धर गुरुङले भिडियोमार्फत सहभागी कर्मचारीहरुलाई संस्थाको उद्देश्यबमोजिम कार्य गर्न तथा सदस्यहरुको कर्जा बचतको साथ साथै सीप तथा उद्यमशीलता तालिममार्फत आयस्रोत वृद्धिको लागि कर्मचारीहरु लागि पर्न सल्लाह सुझाव दिएकी हुन् ।
तालिममा शाखा व्यवस्थापन, केन्द्र बैठक व्यवस्थापन, कर्मचारी व्यवहार, कर्जा व्यवस्थापन तथा असुली, लेखा व्यवस्थापन, उद्यमशील विकास र ट्याबलेट बैंकिङसम्बन्धी तालिम दिइएको छ । यस तालिममा केन्द्रीय कार्यालयका वित्त विभाग प्रमुख सरिता श्रेष्ठ, जनशक्ति विभाग प्रमुख कमल कुमार काफ्ले, कर्जा विभाग प्रमुख निराजन श्रेष्ठ, अनुगमन विभाग प्रमुख सुजीत खतिवडा, जोखिम व्यवस्थापन तथा असुली विभागका शंकर थापा, आईटी विभागका सञ्जीव मानन्धरले सिकाएका थिए ।
सोही क्रममा लघुवित्त कार्यक्रमको फिल्डमा देखा परेको विभिन्न चुनौती तथा समस्याहरुलाई चिर्दै फिल्डको व्यवस्थापन गर्न र फिल्ड कर्मचारीहरुलाई सबैले जिम्मेवार तथा गम्भीर भएर गुणस्तरीयता कायम गर्दै कार्यक्रमको विस्तार गरी आफ्नो शाखाको निर्धारित लक्ष्य हासिल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो । चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको संस्थाले दुर्गम तथा विकट बैंकिङ पहुँच नपुगेको स्थानहरुमा ३४ वटा शाखामार्फत ३५ हजार सदस्यहरुलाई लघुवित्त कार्यक्रममार्फत बचत, कर्जा, रेमिट्यान्स, लघुबीमा र उद्यमशील विकास तालिम सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले पछिल्लो समय ३७ करोड बचत संकलन गरी एक अर्ब ३६ करोड कर्जा लगानी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया