श्रीलंकाको प्रधानमन्त्रीमा विक्रमासिंघे नियुक्त
कोलम्बो । श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपति गोटबाया राजापाक्षेले रनिल विक्रमासिंघेलाई नियुक्त गरेका हुन् । उनी श्रीलंकाको पूर्वप्रधानमन्त्री रहिसकेका छन् । विक्रमासिंघे श्रीलंकामा पटक–पटक प्रधानमन्त्री भइसकेका छन् । उनले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपतिबाट बिहीबार नै शपथ लिएको बताइएको छ ।
हाल श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट केही दिनमात्र अघि राजीनामा दिएका थिए । राजापाक्छेको राजीनामा मागेर देशमा आन्दोलन पनि भएको थियो । त्यसपछि उनले वैशाख २६ गते आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका थिए ।
आर्थिक संकटका कारण हाल श्रीलंका खाद्यान्न, इन्धन र औषधिको समेत चर्को अभाव भएको छ । विविध कारणहरुले देश आर्थिक संकटमा फसेको छ । महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पनि यसलगत्तै राजधानी कोलम्बोमा दंगा फैलिएको थियो ।
यहाँ आन्दालेनका कारण हिंसामा परेर कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै दुई सयभन्दा बढी घाइते भएका छन् । नयाँ प्रधानमन्त्री विक्रमासिंघे यहाँको युनाइटेड नेशनल पार्टीका नेता हुन् । उनी यहाँ लामो समयदेखि राजनीतिमा सक्रिय हुन् ।
विक्रमासिंघेलाई यहाँको अर्काे राजनीतिक परिवार राजापाक्षेहरूको निकट पनि मानिन्छ । त्यसैले पनि उनलाई प्रधानमन्त्रीका रूपमा चुनिएको विज्ञहरूको भनाइ छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया