मस्को । रुसमा वार्षिक मूल्यवृद्धि दुई दशकयताकै उच्च भएको छ । एएफपीका अनुसार अप्रिल महिनामा मूल्यवृद्धि आकाशिएको हो । उक्त महिना १७.८ प्रतिशत महंगी देखिएको छ ।
युक्रेनमाथि आक्रमण गरेपछि रुसविरुद्ध पश्चिमा देशले प्रतिबन्धको ओइरो लगाउँदा महंगी बढेको तथ्यांकले देखाएको छ । रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेको थियो । त्योसँगै अन्तर्राष्ट्रिय प्रतिबन्ध खेप्न सुरु भएको थियो । मुख्य वस्तुहरुको निर्यातलगायत रोकिएपछि महंगी ह्वात्तै बढेको हो ।
खाद्य क्षेत्रमा उच्च महंगी देखिएको छ भने तलब समेत घट्दै गएको छ । खाद्य क्षेत्रमा साढे २० प्रतिशत वर्षगत मूल्य वृद्धि देखिएको रोस्ट्याटले जनाएको छ । रुसमा पास्ताको मूल्य २९.६ प्रतिशतले बढ्दा बटर २६.१ प्रतिशतले बढेको छ । त्यसैगरी फलफूल र तरकारीको मूल्य ३३ प्रतिशतले बढेको छ ।
वार्षिक मूल्यवृद्धिदर २३ प्रतिशत यही वर्ष पुग्ने प्रक्षेपण गरिएको छ । त्यसपछि अर्को वर्ष मूल्यवृद्धिदर क्रमशः घट्ने र सन् २०२४ मा चार प्रतिशतमा झार्ने सरकारी लक्ष्य छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया