६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालद्वारा सगरमाथाको सफल आरोहण
काठमाडौं । वरिष्ठ अधिवक्ता विष्णु भुसालले सगरमाथाको सफल आरोहण गरेका छन् । ६२ वर्षीय भुसालले सोमबार बिहान (जेठ २) ७ः३० मा सगरमाथाको चुचुरोमा पुगेका हुन् । भुसालको आरोहणको व्यवस्थापन गरेको हिमालयन सेपर्डका अनुसार सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो अधिवक्ता हुन् ।
विश्व समुदायसँग कार्बन उत्सर्जन कम गर्न अपिल गर्दै उनले सगरमाथा आरोहण गरेका हुन् । नेपाल बार एसोसिएसनको लोगो अंकित झण्डासहित उनी वैशाख २ मा सगरमाथा आरोहणमा गएका थिए । अमेरिकाबाट वातावरणीय तथा प्राकृतिक स्रोतसम्बन्धी कानुनमा स्नातकोत्तर भुसालले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ/संस्थाहरूमा कानुनविद्को रुपमा कार्य गर्दै आएका छन् । अर्घाखाँची स्थायी घर भएका भुसाल हाल श्रीमती राधा, छोरी डाक्टर प्रीति र छोरा रोशनसहित राजधानीको बाँसबारीमा बस्दै आएका छन् । भुसालकी छोरी डाक्टर प्रीतिले पनि चार दिनअघि मात्र सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया