महुली लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा सात करोड ६३ लाख
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा बढेको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा सात करोड ६३ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा छ करोड ६८ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २८ करोड ८२ लाख ६९ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा एक अर्ब ५४ करोड ४४ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २४ करोड ५१ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २२ करोड ३० लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ६९ लाख ४५ हजार रुपैयाँ रहेको छ । सो अवधिमा दुई दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको स्प्रेड दर भने पाँच दशमलव ८५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब २६ करोड ५५ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २२ करोड १० लाख १९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड ८७ लाख तीन हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई लाख २८ हजार रुपैयाँ प्रोभिजन रकम रहेको थियो । उक्त अवधिमा दुई दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थामा आठ दशमलव ९६ प्रतिशत स्प्रेड दर रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया