कुमारी बैंकले म्युचुअल फन्ड बिक्री गर्ने
काठमाडौं । कुमारी बैंकले म्युचुअल फन्ड बिक्री गर्ने भएको छ । बैंकले प्रतियुनिट १० रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक अर्ब २० करोड रुपैयाँबराबरको १२ करोड कित्ता कुमारी धन वृद्धि योजना बिक्री गर्न लागेको हो ।
बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको बैंकको ऋणपत्रको बिक्रीकार्य यही जेठ १२ गतेबाट खुला हुनेछ । छिटोमा यही जेठ १७ गते र ढिलोमा यही जेठ २६ गते बन्द हुने ऋणपत्रको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले जानकारी दिएको छ । बिक्री गरिने कुल इकाइमध्ये कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत अर्थात् एक करोड ८० लाख इकाइ कोष प्रवद्र्धक कुमारी बैंकलाई बिक्री गरी बाँकी रहेको १० करोड २० लाख इकाइ सर्वसाधरणलाई बिक्री गरिने बैंकले जानकारी दिएको छ ।
लगानीकर्ताहरूले यो फण्डको लागि न्यूनतम एक सयदेखि अधिकतम एक करोड २० लाख युनिटसम्मको इकाइ खरिदको लागि आवेदन दिन सक्नेछन् । फण्डको परिपक्व हुने अवधि भने १० वर्ष तोकिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया