गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार समुद्घाटन गरेसँगै सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ ।
बैंकले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पूर्ण बैंकिङ कारोबार गर्नको लागि विमानस्थलमा सेवा विस्तार गरेको छ । यात्रु र सेवाग्राहीलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ सेवा सुविधा प्रवाह गर्न बैंकले सोमबारबाट पाँचवटा नयाँ काउन्टर सञ्चालनमा ल्याएको हो ।
बैंकले विमानस्थलभित्र डिपार्चर काउन्टर, बोर्डिङ वेटिङ काउन्टर, एराइभल काउन्टर, कस्टम र कार्गो काउन्टर सञ्चालनमा ल्याइएको छ । काउन्टरबाट विदेशी मुद्राको सटही, भिसा शुल्क भुक्तानी, भन्सार शुल्क भुक्तानी, भ्याट रिफन्ड, एटीएम, पीओएस सेवा तथा अन्य बैंकिङ करोबार गर्न सकिनेछ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, ब्रान्च अपरेसन विभागकी विभागीय प्रमुख दुर्गाकुमारी कँडेल, सूचना प्रविधि विभागका वरिष्ठ प्रबन्धक गगनसिंह घिमिरे, शाखा कार्यालय भैरहवाका शाखा प्रबन्धक हरिराम पराजुलीलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । देशभर बैंककोे हाल दुई सय ५८ वटा शाखा कार्यालय, दुई सय ४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउन्टर, ९९ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया