लन्डन । बेलायतको बेरोजगारी दर ४८ वर्षयताकै न्यून विन्दुमा पुगेको छ । यो वर्षको पहिलो तीन महिनामा बेरोजगारी सन् १९७४ यताकै कम दरमा झरेको हो ।
यद्यपि महंगी बढ्दा आम्दानी धेरैजसो श्रमिकको सन् २०१३ यताकै कम भएको सरकारी तथ्यांकले देखाएको छ । बेरोजगारी दर ३.८ बाट घटेर ३.७ प्रतिशत पुगेको हो । कामविहीन मानिसहरुको संख्या कामको संख्याभन्दा कम स्थितिमा पहिलोपटक आइपुगेको बताइएको छ । द ब्यान्क अफ इंग्ल्यान्डले बेलायती श्रम बजारलाई चिन्तजनक रुपमा हेरिरहेको बताइएको छ । तलब भुक्तानी साधारणभन्दा उच्च रहेकोले नै अहिले महंगी उच्च विन्दुमा पुगेको हुनसक्ने अवस्थाले केन्द्रीय बैंकलाई चिन्तित बनाएको छ ।
मार्च महिनामा उपभोक्ता मूल्यतर्फको महंगी सात प्रतिशत थियो । यो दर अप्रिलमा ९.१ प्रतिशत पुग्ने अनुमान छ । अप्रिलमा ऊर्जा कर ५४ प्रतिशतले बढाइएको थियो । बीओईको अनुमानमा मूल्यवृद्धि बढ्दा अर्थतन्त्रलाई यही वर्षको अन्त्यतिर मन्दीमा धकेल्न सक्छ । यसो भए बेरोजगारी दर पनि बढ्नसक्नेछ । मंगलबारको तथ्यांकले केही क्षेत्रमा अत्यधिक भुक्तानी वृद्धि भएको देखिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया