सोल । सामसङले मंगलबार साढे तीन खर्ब अमेरिकी डलर व्यावसायिक लगानी गर्ने योजना तयार पारेको छ । आगामी पाँच वर्षभित्र गरिने उक्त लगानीले ८० हजार नयाँ रोजगारी सिर्जना गर्नेछ ।
युक्रेनमा भइरहेको युद्धले निम्तिएको आपूर्तिगत समस्याले खलबल्याएको आर्थिक वातावरणका बाबजुद कम्पनीले सन् २०२६ सम्म तीन खर्ब ५६ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको हो । चिप उत्पादन र बायोफर्मास्युटिकल्सजस्ता आफ्नो मुख्य व्यवसायमा कम्पनीले लगानीको योजना अघि सारेको हो । यदि यो कार्यान्वयन भए अघिल्लो पाँच वर्षमा कम्पनीले गरेको लगानीभन्दा यो ३० प्रतिशतले बढ्ने देखिएको छ ।
यो सबैमध्ये दुई खर्ब ८५ अर्ब डलर लगानी दक्षिण कोरियामै हुने बताइएको छ । तर बाँकी रकम कहाँ लगानी हुने भन्नेचाहिँ कम्पनीले अहिले नै खुलाइसकेको छैन । यो लगानीले १६ हजार पद वार्षिक सिर्जना हुँदा ८० हजार मानिसले नयाँ रोजगारी पाउनेछन् । यसअघि कम्पनीले सन् २०२१ देखि २०२३ सम्म कम्पनीले ४० हजार रोजगारी सिर्जना गर्ने बताएको थियो । धेरैजसो रोजगारी दक्षिण कोरियामै सिर्जना हुनेछ । यसबाहेक विश्वभर अनुसन्धान र विकास केन्द्र रहेका कारण बेलायत, अमेरिका, क्यानडा र फिलिपिन्समा समेत रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । सामसङ प्रविधि कम्पनी हो । यसका स्मार्टफोन र टेलिभिजनहरु विश्वभर चर्चित छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया