मस्को । पुँजी नियन्त्रण र इन्धनको उच्च मूल्यवृद्धिका कारण रूसी सरकारले रूबललाई कमजोर हुन नदिन ‘विशेष ध्यान’ दिँदै आइरहेको क्रेमलिनले बुधबार जनाएको छ । एएफपीका अनुसार केन्द्रीय बैंकले आफ्नो मुद्रा दरको स्तरबारे छलफल गर्न बिहीबारका लागि आकस्मिक बैठक आयोजना गर्ने जनाएको छ । क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँगको भेटमा भने, ‘रूबललाई निरन्तर सुदृढ राख्न सक्नु निःसन्देह पनि यसमा विशेष ध्यान दिनुको कारण हो ।’ विश्वका आर्थिक छलफल तथा सभाहरूमा रूबलको निरन्तर बलियो अवस्थाबारे चर्चा हुने गरेको उनले दाबी गरे ।
रूसी सरकारका लागि रूबलको बलियो अवस्था हुँदा यसले राजस्व संकलनमा असर गर्न सक्ने भन्दै निरन्तर रूबल बलियो रहेमा ध्यान दिनुपर्ने र यसलाई अहिलेकै स्वरूपमा राख्नुपर्ने उनको भनाइ थियो । फेब्रुअरीमा यूक्रेनमा मस्कोको सैन्य अभियान सुरु गर्दा पश्चिमी मुलुकले कमजोर प्रतिबन्ध लगाएर रूसलाई प्रतिक्रिया दिएको भन्दै रूसी वित्तीय अधिकारीहरूले कमजोर अर्थव्यवस्थालाई सन्तुलनमा राख्न पुँजी नियन्त्रणसम्बन्धी कडा नियम लागू गरेको र यसले रूसलाई आर्थिक रूपमा सबल राख्न सहयोग पुगेको उनीहरूको भनाइ छ ।
त्यसबेलादेखि रूबलमा अमेरिकी डलरभन्दा लगभग ३० प्रतिशतले उछाल आएको रूसी दावी छ । बुधबार युरोसँग रूबलको कारोबार ५७.६ मा भएको छ । यो स्तर सन् २०१५ देखि देखिएको थिएन भने डलरतर्फ ५६ पुगेको छ । यो सन् २०१८ फेब्रुअरीदेखि सबैभन्दा बलियो भएको छ । कडा पुँजी नियन्त्रणमाथि, रूसी मुद्राले इन्धन मूल्यबाट उच्च लाभ उठाएको रूसले दावी गरेको छ । तर पछिल्लो समय सरकारले पुँजी नियन्त्रणलाई खुकुलो पार्न कदम चालेको छ ।
रूसको वित्त मन्त्रालयले घरेलु निर्यात कम्पनीहरूले आफ्नो आयको ५० प्रतिशत विदेशी मुद्रामा बेच्नुपर्ने घोषणा गरेको थियो, यो पहिलेभन्दा ८० प्रतिशतको न्यूनता थियो । संयुक्त राज्य अमेरिकाले मस्कोलाई डलरमा भुक्तानी गर्न अनुमति दिने छूट समाप्त गरेपछि रूसले बुधबार रूबलबाट नै आफ्नो विदेशी ऋण तिर्न थाल्ने बताएको छ । वित्त मंत्रालयले टेलिग्राममार्फत भनेको छ, ‘यो लाइसेन्स विस्तार गर्न अस्वीकार गर्दा अमेरिकी डलरमा सरकारी विदेशी ऋण सेवा जारी राख्न असम्भव भएको कुरा उल्लेख गर्दै भुक्तानीलाई रूसी मुद्रामा गरिनेछ ।’
यसैबीच रूसले दक्षिणी यूक्रेनी क्षेत्र, जापोरिज्हिया र खारसनका बासिन्दाहरूले ‘सरलीकृत’ प्रक्रियाद्वारा रूसी पासपोर्ट प्राप्त गर्न सक्ने क्रेमलिनले बुधबार प्रकाशित निर्देशनमा उल्लेख गरिएको छ । खारसनको दक्षिणी क्षेत्र रुसी सेनाको पूर्ण नियन्त्रणमा आएको छ भने जापोरिज्हियाको दक्षिणपूर्वी क्षेत्र मस्कोले आंशिक नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया