Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबजाज पल्सर द भ्वाइस अफ नेपाल सिजन–४ को टाइटल स्पोन्सर

बजाज पल्सर द भ्वाइस अफ नेपाल सिजन–४ को टाइटल स्पोन्सर


काठमाडौं । अग्रणी दुईपांग्रे सवारी ब्राण्ड ‘बजाज पल्सर’ गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को टाइटल स्पोन्सरमा अनुबन्ध भएको छ ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बजाज पल्सरका तर्फबाट गोल्छा ग्रुपका प्रबन्धनिर्देशक अभिमन्यू गोल्छा र भ्वाइस अफ नेपालका तर्फबाट हिमालय टेलिभिजनका तर्फबाट अध्यक्ष धर्मराज भुसाल एवं कार्यकारी निर्देशक श्याम कडेलवीच टाइटल स्पोन्सरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । टाइटल स्पोन्सरका रुपमा अनुबन्ध भएसंगै द भ्वाइस अफ नेपालको यो शृंखलालाई ‘बजाज पल्सर प्रिजेन्ट्स द भ्वाइस अफ नेपाल सिजन ४’ का रुपमा उल्लेख गरिनेछ ।

नेपालको युवापुस्तामा अति नै लोकप्रिय भ्वाइस अफ नेपालको टाइटल स्पोन्सरमा अनुबन्ध हुन पाउनु पल्सरका लागि गौरवको विषय भएको गोल्छा ग्रुपका प्रबन्धनिर्देशक अभिमन्यू गोल्छाले बताए । पल्सर पनि युवापुस्ताको ब्रान्ड भएकाले भ्वाइस र पल्सरबीचको सहकार्य अर्थपूर्ण रहेको उनको भनाइ थियो ।

कार्यक्रममा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले बजाज पल्सरलाई टाइटल स्पोन्सरका रुपमा पाउनु भ्वाइस अफ नेपाल र हिमालय टेलिभिजनका लागि महत्वपूर्ण रहेको बताए । नेपाली गीतसंगीत क्षेत्रको प्रवर्द्धन एवं नयाँ प्रतिभाहरुको खोजीमा दुईवटा ब्राण्डको सहकार्यले दीर्घकालीन अर्थ राख्ने उनले बताए । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको द भ्वाइस अफ नेपालको चौथो सिजनका लागि डिजिटल अडिसन सुरु भइसकेको छ । अहिलेसम्म हजारौँ प्रतिभाहरुले द भ्वाइस अफ नेपाल सिजन–४ को उपाधि जित्ने आकांक्षासहित आवेदन दिइसकेको आयोजकले बताएको छ । अबको दुई साताभित्र डिजिटल अडिसन बन्द भई कार्यक्रम उत्पादनको तयारी तीव्र पारिने टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए ।

डिजिटल अडिसनमा सहभागी प्रतिभाहरुको थप परीक्षण र छनौटपछि कुल एक सय २० जना प्रतिभाहरुले कोचका अगाडि ब्लाइन्ड अडिसनमा प्रस्तुति दिन पाउनेछन् । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुनेछ । छानिएका ६४ जना प्रतिभाहरु ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रम आगामी श्रावण महिनादेखि हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया