श्रीलंकामा आयात प्रतिबन्ध खुकुलो पारियो
कोलम्बो । श्रीलंकाले यस वर्षको मार्च र अप्रिलमा विभिन्न तीन सय ६९ वस्तुमा लगाएको आयात प्रतिबन्ध खुकुलो पारेको अर्थ मन्त्रालयले बुधबार जनाएको छ । अर्थ, आर्थिक स्थिरीकरण र राष्ट्रिय नीतिमन्त्रीको हैसियतले प्रधानमन्त्री रनिल विक्रमसिङ्घेद्वारा हस्ताक्षरित सूचनामा प्रतिबन्ध हटाइएको मन्त्रालयले जनाएको छ । यसअघि तीन सय ६९ वस्तुमध्ये कुनै पनि वस्तु आयात गर्न चाहनेले आयात अनुमतिपत्र लिनुपर्ने बनाइएको थियो ।
विदेशी उत्पादनमा विदेशी मुद्रा खर्च घटाउन आयातमा रोक लगाउने निर्णय लिइएको थियो । श्रीलंकाको केन्द्रीय बैंकले सोमबार सरकारको घोषणापछि आयातकर्तालाई आवश्यक वस्तुहरू आयात गर्न बैंकिङ क्षेत्रमार्फत पर्याप्त विदेशी मुद्राको पहुँच सुनिश्चित गर्ने बताएको छ । श्रीलंकामा यस वर्ष विदेशी मुद्राको अभाव भएपछि यसको प्रभाव अतिआवश्यक वस्तुहरूको आयात समेतमा परेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया