मोरङ प्रहरीद्वारा ४० लाखको सामानसहितको ट्र्याक्टर राजस्वमा बुझाउँदा भन्सार एजेन्ट विवादित
काठमाडौं । राजस्व छलीमा पटक–पटक तानिँदै आएका भन्सार एजेन्ट चेतनाथ पौडेल फेरि एक पटक राजस्व छलीको विवादमा तानिएका छन् । विराटनगर भन्सारमा भन्सार क्लियरिङको काम गर्दै आएको विद्या क्लियरिङ सर्भिसका सञ्चालक तथा भन्सार एजेन्ट पौडेलले कौडीको मूल्य कायम गरी ४० लाखभन्दा बढीको हार्डवेयर र मेसिनरीका सामान मुख्य भन्सार नाकाबाट नै जाँचपास गराएपछि उनी विवादमा आएका हुन् ।
विराटनगर भन्सारबाट भन्सार पासका नाममा पटक–पटक राजस्व छली प्रकरणमा उनी तानिँदै आएका छन् । बुधबार विराटनगर भन्सारबाट भन्सार जाँचपास भएको वीआर ३३जीवी २६२७ नम्बरको ट्र्याक्टरमा मोटरपार्टस, छाला, नटबल्टु, मेसिन, पार्टस र कपडा गरी ४० लाख रुपैयाँभन्दा बढीको सामानसहितको ट्र्याक्टर मोरङ प्रहरीले नियन्त्रणमा राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको छ । प्रहरीले उक्त ट्र्याक्टर चेकजाँच गर्दा ट्र्याक्टरमा चार लाख मूल्यबराबरको मात्रै भन्सार प्रज्ञापनपत्र भेटिएपछि राजस्व अनुसन्धान कार्यालयमा बुझाएको थियो । प्रहरीले ट्र्याक्टर सहित ट्र्याक्टरका चालक भारतको अररिया जिल्ला जोगवनी १० टिकुलीया बस्ने ३४ वर्षीय श्याम चौधरीलाई पनि राजस्व अनुसन्धानको जिम्मा लगाएको छ ।
विराटनगर भन्सारमा भन्सार एजेन्टको काम गर्दै आएका पौडेल धेरै वर्ष पहिले वीरगञ्जमा रहेको बाबुलाल चाचान ग्रुपका भन्सार एजेन्ट भएका बेलामा पनि नक्कली भ्याटबिल प्रयोग गरी तोरी पास गरेको प्रकरणमा मुछिएका थिए । यस्तै करिब एक वर्षअगाडि पनि पूजाको सामग्री भन्दै विराटनगर भन्सारबाट हार्डवेयर र मेसिनरी सामान जाँचपास गरेपछि उनलाई प्रहरीले पक्राउ समेत गरेको थियो । स्रोतका अनुसार राजस्व अनुसन्धानले पनि पौडेललाई कारबाही गरेको थियो । सम्पत्ति शुद्धीकरणले समेत पौडेललाई छानबिनको दायरामा ल्याएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया