नमस्ते पे द्वारा नेपालभर स्मार्ट क्यूआर सेवा सुरु
काठमाडौं । नमस्ते पेले नेपालका सबै स्मार्ट क्यूआर व्यापारीहरुमा आधारित क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । योसँगै अब नमस्ते पे प्रयोगकर्ताहरुले स्क्यान एण्ड पे सुविधा प्रयोग गर्न सक्छन् । स्मार्ट च्वाइस टेक्नोलोजी (एसटीसी)द्वारा स्मार्ट क्यूआर स्वीकार गर्ने आउटलेटमा क्यूआर आधारित भुक्तानीहरु गर्न सकिने कम्पनीले जनाएको छ ।
स्मार्ट पे क्यूआरमा हाल नेपालभर एक लाख ६० हजार व्यापारीहरुको नेटवर्क छ । यसका साथै नमस्ते पे वालेट प्रयोग गरी स्मार्ट क्यूआरमार्फत गोल्ड स्टारका सोरुमहरुमा भुक्तानी गर्दा ३० प्रतिशत (तीन सय रुपैयाँसम्म) आकर्षक छुट प्राप्त गर्न सकिनेछ । आगामी दिनमा समेत स्मार्ट क्यूआर भुक्तानीमा अझै धेरै आकर्षक अफरहरु लिएर आउने स्मार्ट क्यूआर नेटवर्क सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र नमस्ते पे वालेट सञ्चालक नेपाल डिजिटल कम्पनी लिमिटेडले जानकारी दिएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
- जापानी विदेशमन्त्री योको कामिकावाको भ्रमण कोशेढुंगा बनोस्
- किन लाग्छ गभर्नरमाथि पुँजीबजार विरोधीको आरोप ?
- योजनाका लक्ष्य भेट्न धरातल बनाऔँ
- दि नेपाल डिस्टिलरिजले उखु खेती र कृषिको बृहत्तर विकासका लागि सहकार्य गर्ने
- लसुन खेतीबाट राम्रो आम्दानी
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया