द्वन्द्वका बीच १ करोड ४० लाख युक्रेनीहरू घर छोडेर भागे : संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले रुस–युक्रेन द्वन्द्वका कारण झण्डै एक करोड ४० लाख युक्रेनीहरू आफ्नो घर छाड्न बाध्य भएको अनुमान गरेको छ । सरकार सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले शनिबार सो आँकडा सार्वजनिक गरेको हो । युक्रेनका लागि सहायक महासचिव र संयुक्त राष्ट्र संघीय संकट संयोजक अमिन अवादको विज्ञप्तिअनुसार विस्थापित हुनेहरूमा अधिकांश महिला र बालबालिका रहेका छन् ।
द्वन्द्वले १ करोड ५७ लाख युक्रेनीहरूलाई मानवीय सहयोगको खाँचो परेको छ जसमध्ये केही पानी र बिजुलीको पहुँचको समेत अभावमा छन् । गत फेब्रुअरी २४ मा द्वन्द्व सुरु भएदेखि संयुक्त राष्ट्रसंघले देशको पूर्वमा घेरा हालेका सहरहरूसहित युक्रेनभरि लगभग आठ लाख मानिसहरूलाई तत्काल मानवीय सहायता उपलब्ध गराएको संयुक्त राष्ट्रका अधिकारीले बताएका छन् । संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय संकट जाडोयाममा अझ चर्किने चेतावनी दिएको छ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- आजदेखि नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया