अमेरिका । विद्युतीय सवारीसाधन निर्माता टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलोन मस्कले कम्पनीमा कर्मचारी कटौतीको तयारी गरेका छन् । उनले टेस्लाको १० प्रतिशत कर्मचारी कटाउन चाहेको बताइएको छ ।
यसबारे उनले बिहीबार कार्यकारीहरुलाई इमेल पठाएको र त्यो इमेल आफूले प्राप्त गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । घरमै बसेर काम गरिरहेका कर्मचारीहरुलाई अब अफिसमै गएर काम गर्नुपर्ने बताएको दुई दिनपछि उक्त इमेल मस्कले पठाएका हुन् । टेस्लाले सन् २०२१ को अन्त्यसम्म कम्पनी र यसका सब्सिडरीहरुमा एक लाख मानिसहरुलाई रोजगारी दिएको थियो । अमेरिकी धितोपत्र विनिमय आयोगलाई पठाएको कागजातमा रोजगारीको तथ्यांक उल्लेख गरिएको थियो ।
हाललाई यसबारे कम्पनीले भने केही नभनिसकेको बताइएको छ । मस्कले अमेरिकी अर्थतन्त्रमा मन्दी आउने प्रक्षेपण गरेका छन् । सोही कारण उनले कार्यबल घटाउन चाहेका हुनसक्छन् । अटो क्षेत्रका उच्च व्यक्तिबाट आएको मन्दीको प्रक्षेपणलाई महत्वपूर्ण मानिएको छ ।
उनले मन्दीको चेतावनी दिए पनि टेस्लाका कार र अन्य विद्युतीय कारहरुको माग भने अहिले पनि बलियो अवस्थामा छ । पछिल्लो समय टेस्लाले चीनको सांघाईस्थित कारखानामा लकडाउनपछि उत्पादन पुनः थाल्न संघर्ष गरिरहेको छ । मस्कअघि जेपी मोर्गान चेसका सीईओ ज्यामी डायमन र गोल्डम्यान स्याकका अध्यक्ष जन वाल्ड्रनले पनि यस्तै चेतावनी दिएका थिए ।
अहिले संयुक्त राज्य अमेरिकामा महंगी ४० वर्षयताकै उच्च छ भने अमेरिकीहरुको जीवनयापन लागत बढिरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया