लक्ष्मी बैंकले ‘ग्रीन बचत खाता’ पुनः सुचारु गर्ने
काठमाडौं । लक्ष्मी बैंकले ५०औँ विश्व वातावरण दिवसको अवसर पारेर आफ्नो वातावरणमैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको छ । हालको डिजिटल युगको फाइदा उठाउँदै अनलाइन खाता खोल्ने सेवा, भिडियो–केवाईसी र डिजिटल बैंकिङजस्ता सेवाहरूको सम्मिश्रनले सो खाता पूर्णरूपमा कागजविहीन रहेको छ । साथै यस खातामा ग्राहकहरूले आठ दशमलव शून्य तीन प्रतिशतको उच्चतम ब्याजदर मात्र नभई ग्रीन बैंकिङ प्याकेज (मोबाइल मनी र इन्टरनेट बैंकिङ) निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
लक्ष्मी बैंकको ‘एक खाता, एक रुख’को प्रतिबद्धताअनुरूप ‘गो ग्रीन’ अभियानमा सहयोग पुग्ने गरी प्रत्यक ग्रीन सेभिङ खाताबापत बैंकले एउटा रुख रोप्नेछ । यसका साथै ग्रीन सेभिङ खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरणलगायत दिगो विकास लक्ष्यहरूअन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिहरूमा कर्जा प्रवाह गर्न उपयोग गरिनेछ ।
यो पहलमार्फत लक्ष्मी बैंकले आफ्नो ‘ओरेन्ज लभ्स ग्रीन’को दिगो प्रतिबद्धतालाई निरन्तरता दिनेछ । यसै प्रतिबद्धताअन्तर्गत बैंकले पि क्याफ (कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरसिप)मा पनि सामेल भएको छ । सो साझेदारीमार्फत बैंकले औपचारिक रूपमा (क) आफ्नो कार्बन उत्सर्जन मापन गर्ने र (ख) राष्ट्रिय प्रतिबद्धतासँग मिल्दोजुल्दो लक्ष्य र नीतिहरू उपनाउनेछ जसले बैंकको नेट–जिरो यात्रा अघि बढ्नेछ ।
साथै, ग्राहकहरूलाई डिजिटल बैंकिङ माध्यमहरू अपनाई ग्रीन बैंकिङतर्फ प्रोत्साहन गर्नका लागि लक्ष्मी बैंकले विभिन्न अफरहरू पनि ल्याएको थियो । विश्व वातावरण दिवसकै दिन प्रयोगकर्ताहरूले मोबाइल मनीद्वारा कुनै पनि क्यूआर भुक्तानी गर्दा १० प्रतिशत (प्रतिव्यक्ति ५० रुपैंयाँसम्मको) तुरुन्तै छुट पाउन सक्ने व्यवस्था गरिएको थियो । यति मात्र नभई सो दिन क्यूआर भुक्तानी गर्दा दोब्बर फोनपे रिवार्ड पोइन्टस प्राप्त गर्न सकिने थियो ।
यसका अतिरिक्त मोबाइल मनी प्रयोगकर्ताहरूले आफूले संकलन गरेको फोनपे रिवार्ड पोइन्टसमार्फत पाँच सय पोइन्टमा लक्ष्मी बैंकको ग्रीन प्याकेज (जस अन्तर्गत मोबइल मनि, डेबिट कार्ड, इन्टरनेट बैंकइङ तथा इमेल अलर्ट सुविधाहरू पर्दछ) एक वर्षको लागि निःशुल्क नवीकरण गर्न पनि सक्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया