इस्लामावाद । पाकिस्तान पनि श्रीलंकाझै आर्थिक संकटको बाटोमा उन्मुख भएको समाचार सार्वजनिक भएको छ । पाकिस्तानले आफ्ना विगतका गल्ती र आन्तरिकरूपमा वर्तमान घटनालाई अस्वीकार गर्दै अघि बढेकाले चरम आर्थिक संकट झेल्नुपर्ने परिस्थिति उत्पन्न हुने चेतावनी ट्रु सिलोनले दिएको हो ।
अति महत्वाकांक्षी राजनीतिक नेतृत्व, अत्यधिक बाह्य ऋण तथा आर्थिक कुप्रबन्धका कारण विगत दुई महिनादेखि गम्भीर सामाजिक, आर्थिक एवम् राजनीतिक संकटको भुमरीमा परेको श्रीलंकाबाट सिक्ने चेष्टा नगरेको पाकिस्तान उल्टै उसैको पदचाप पछ्याइरहेको टिप्पणी ट्रु सिलोनले गरेको छ ।
‘विदेशी मुद्रा सञ्चिति, खाद्यान्न, इन्धन र औषधिको अभावले पाकिस्तानले पनि चाँडै नै श्रीलंकालेझै संकटको सामना गर्नु प-योभने अचम्म नमान्दा हुन्छ’, पाकिस्तानको राजनीतिक नेतृत्व सत्ताका केन्द्रित भएको आरोप लगाउँदै ट्रु सिलोनले भनेको छ । आर्थिक नीतिप्रति राजनीतिक दलहरू गम्भीर नभएकाले परिस्थिति थप जटिल बन्दै गएको छ ।
पाकिस्तानको चालु खाता घाटा तीव्र गतिमा बढेको तथा विदेशी मुद्रा सञ्चिति पनि उस्तै गतिमा घटिरहेको, खाद्यान्न र इन्धनको आयातमा भारी वृद्धि भएको तथ्यांक ट्रु सिलोनले समाचारमा प्रस्तुत गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सुन तस्करीको आरोप लागेका सुमनमान ताम्राकारविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया