कृषि तथा पशुपालन र उत्पादनमूलक समूहमा कोरिया जान झण्डै ४५ हजार आवेदन
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सञ्चालन हुने कोरियन भाषा परीक्षा प्रभावकारी र विश्वसनीय रहेको बताएका छन् । ललितपुरको भैँसेपाटीमा सञ्चालन भइरहेको कोरियन भाषा परीक्षाको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले सरकारी तवरमा श्रमिक पठाउन सञ्चालन हुने भाषा परीक्षा प्रणालीलाई वैज्ञानिक बनाउँदै लगेको भन्दै कोरियाको मानव संशाधन विकास विभाग (एचआरडी)को प्रशंसा गरे । ईपीएस परीक्षाको निष्पक्षताप्रति नेपालीहरूको गहिरो विश्वास रहेको मन्त्री श्रेष्ठले बताए ।
वैदेशिक रोजगार विभागअन्तर्गत (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएका मध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा सञ्चालन गरिरहेको छ । कृषि तथा पशुपालन र उत्पादनमूलक समूहमा रोजगारीका लागि कोरिया जान ४४ हजार आठ सय ५३ युवाले आवेदन दिएका छन् । कृषि र पशुपालन क्षेत्रमा जाने १० हजार आठ सय ५८ जना रहेका छन् । उत्पादनमूलक समूहमा ३३ हजार नौ सय ९५ जना छन् । कृषि तथा पशुपालनमा जाने १० हजार आठ सय ५८ जनामध्ये छ हजार पाँच सय ९७ जनाको परीक्षा अहिले भइरहेको छ भने बाँकी चार हजार दुई सय ६१ जनाको आगामी असार १३ गतेबाट सुरु हुनेछ । अन्य परीक्षा पनि नियमितरूपमा सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।
सन् २००७ मा दुई देशका सरकारबीच श्रमका लागि नेपाली श्रमिक लैजाने सहमति भएको थियो । श्रमिकहरू जाने क्रम सन् २००८ बाट सुरु भएको थियो । कोरियामा नेपालीहरू उत्पादन र कृषि तथा पशुपालन गरी क्षेत्रमा कार्यरत छन् । सन् २०२० देखि रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) छिट्टै नवीकरण हुने समेत मन्त्री श्रेष्ठले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया