युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराउँछौँ
लण्डन । बेलायती रक्षामन्त्रीले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बताएका छन् । बेलायती रक्षामन्त्री बेन वालेसले शनिबार सो प्रतिबद्धता सार्वजनिक गरेको विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हाल बेलायतको भ्रमणमा रहनुभएका युक्रेनका रक्षामन्त्रीसँगको भेटघाटपछि बृटिश रक्षामन्त्री वालेसले सो कुराको जानकारी दिएका हुन् । शनिबार उनीहरुबीच भएको भेटकाक्रममा हालैका दिनहरुमा युक्रेनको अवस्थाको बारेमा युक्रेनी रक्षामन्त्रीले जानकारी गराएका थिए ।
अहिले पनि युक्रेनलाई बेलायतले सैन्य सहयोग दिइरहेको र यसलाई आगामी दिनमा थप गरिने बृटिश रक्षामन्त्री वालेसले जानकारी दिएका हुन् । अहिले पनि युक्रेनमा रुसको हमला जारी नै रहेको भन्दै युक्रेनका रक्षामन्त्री ओलेक्सी रेनिकोभले रुससँग संघर्ष गर्नका लागि थप शक्तिशाली हतियार आवश्यक रहेको सो भेटमा बताएका थिए ।
युक्रेनी रक्षमन्त्रीको यो आग्रहपछि बृटिश रक्षामन्त्री वालेसको यो प्रतिक्रिया आएको हो । गत महिना मात्र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमणमा गएका थिए । त्यस भ्रमणका क्रममा ब्रिटिश प्रधानमन्त्री जोनसनले बेलायतले युक्रेनका लागि १.६ बिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया