कतार एयरवेजले कमायो १.५४ अर्ब डलर मुनाफा
कतार । कतार एयरवेजले आर्थिक वर्ष २०२१–२०२२ मा १.५४ अर्ब अमेरिकी डलर बराबरको नाफा गरेको छ । कोरोनाभाइरस महामारीको समय कम्पनीलाई आर्थिक संकटबाट जोगाउन ‘सफल रणनीति’ बनाई संकटमा पनि मुनाफा कमाउन कतार एअरवेज सफल भएको हो ।
कतारको सरकारी स्वामित्वमा रहेको एयरलाइन्सले मुनाफाको परिणाम ‘यसको उच्चतम वार्षिक मुनाफाभन्दा २०० प्रतिशत बढी’ भएको र समग्र आय १४.४ अर्ब अमेरिकी डलरबाट यो मुनाफा प्राप्त भएको हो ।
कम्पनीद्वारा जारी विज्ञप्तिमा कम्पनीले कोभिडपूर्वको सन् २०१९–२०२० को राजस्व संकलनभन्दा गत बर्ष उल्लेखनीय दुई प्रतिशत बढी राजस्व बुझाउन सफल भएको छ । ‘विश्वव्यापी एयरलाइन उद्योगमा अहिलेसम्मकै सबैभन्दा कठिन समयमा कमाएको मुनाफा एयरलाइन्सलको चतुर र सफल रणनीतिको सकारात्मक परिणामको श्रेय हो’, विज्ञप्तिमा भनिएको छ ।
कतार एयरवेजले ‘ग्राहकको आवश्यकता र बजारका अवसरहरूको विकासका साथसाथै दक्षता र यसका विश्वभर रहेका कर्मचारीहरूप्रति प्रतिबद्ध रहिरहेको उल्लेख गरेको छ ।
‘यो मुनाफा कतार एयरवेज ग्रुपका लागि मात्र नभई विश्वभर यस वित्तीय वर्षका लागि वित्तीय परिणाम प्रकाशित गर्ने अन्य सबै एयरलाइन्सहरूमाझ सकारात्मक रेकर्ड पनि हो’, एयरलाइनले भनेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया