बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी तामाङ पक्राउ
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुरका फरार अभियुक्तलाई पक्राउ गरेको छ । सीआईबीका अनुसार चितवनको खैरहनी नपा वडा नं ४ घर भई बैंकिङ कसुरको अभियोगमा फरार रहेका ३५ वर्षीय धन बहादुर तामाङलाई मंगलबार चितवनको खैरहनीबाट पक्राउ गरिएको हो ।
प्रतिवादी तामाङले पर्याप्त मौज्दात रकम नभएको कुमारी बैंक लिमिटेड, सौराहा शाखामा रहेको निजको नामको खाताबाट रकम भुक्तान हुने भनी जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी विसं २०७५ भदौ १० गते दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर अदालतले गरेको थियो । सोही आधारमा बैंकिङ कसुर मुद्दामा प्रतिवादीलाई उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम छ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना हुने ठहर भएकोमा उक्त सजाय बेरुजु भई फरार रहेका थिए । पक्राउ परेका तामाङलाई सोमबार नै फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा पेस गरेको गरिएको जानकारी सीआईबीले दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया