काठमाडौं । नेपालमा भान्सादेखि महँगा सवारीसाधनलगायतका अधिकतम सामग्रीहरु आयातित हुने गरेको छ । जसले गर्दा नेपालले अन्य मुलुकसँग गर्ने व्यापारमा सदैव घाटा व्यहोर्दै आएको छ । पाँच हजारभन्दा बढी प्रकारका सामग्रीहरु मुलुकमा विदेशबाट भित्रिने गरेको सरकारी तथ्यांक छ ।
भन्सार विभागका अनुसार यसरी भित्रिने सामग्रीमा दैनिक उपभोग्य सामग्रीदेखि खाद्यान्न, माछा तथा मासु, इन्धन, टेलिभिजन, मोबाइल, विद्युतीय सामग्री, महँगा सवारीसाधन छन् । चालू आर्थिक वर्षको ११ महिनामा एक सय ६६ वटाभन्दा बढी मुलुकबाट ती सामग्रीहरु आएका हुन् ।
चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा आयात २७ दशमलव पाँच प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको ११ महिनाको अवधिमा १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँबराबरको सामग्री आयात गरिएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँबराबरको सामग्री आयात गरिएको छ ।
उच्च आयातमा भने समीक्षा अवधिका पेट्रोलियम पदार्थ, फलाम तथा स्टिल र तिनका उत्पादनहरु, मेसिनरी तथा पाट्र्स, यातायातका साधन र तिनका पाटर््स, भटमास, दूरसञ्चारका सामग्री, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री, पामलगायतका सामग्री छन् । यसैगरी समीक्षा अवधिमा औषधिको आयातमा वृद्धि भएको छ । खोपको आयात भारी मात्रामा हुन गई औषधिको आयातमा यस्तो वृद्धि देखिएको हो । नेपालको आयात व्यापारमा प्रमुख मुलुकहरुमा भारत, चीन, इन्डोनेसिया, संयुक्त राज्य अमेरिका, यूएई, अर्जेन्टिना, अष्ट्रेलिया, युक्रेन, मलेसिया, ब्राजिल, बंगलादेश, थाइल्यान्ड, क्यानडा तथा टर्की रहेका छन् ।
यस्तै, चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा निर्यात ५३ दशमलव तीन प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको ११ महिनाको अवधिमा एक खर्ब २१ अर्ब २५ करोड रुपैयाँबराबरको सामग्री निर्यात गरिएकोमा चालू आर्थिक वर्षको उक्त अवधिमा एक खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँबराबरको निर्यात गरिएको छ ।
उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा भटमासको तेल, पामतेल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, जुट तथा जुटका सामानहरु, तयारी पोशाक, जुस, सूर्यमुखी तेल, अलैंची, ऊनी फेल्टका उत्पादन, कपडा, चिया, पश्मिना शल, कुकुर र विरालोको आहार (डग च्यू), फलाम तथा फलामका उत्पादनहरु, चाउचाउ, नेपाली हाते कागज, रोजिन र रेजिन एसिड, जडीबुटी प्रमुख रुपमा रहेका छन् ।
नेपालको निर्यातमा ५० प्रतिशतभन्दा बढी योगदान राख्ने भटमास, पामतेल र सूर्यमुखी तेलहरुको निर्यात भारतमा नै भइरहेकोले नेपालको कुल निकासीमा भारततर्फको हिस्सामा यस्तो बढोत्तरी देखिएको हो । नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकहरुमा संयुक्त राज्य अमेरिका, जर्मनी, टर्की, युके, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, इटाली, जापान, चीन, नेदरलेण्ड्स, डेनमार्क, बंगलादेश रहेका छन् ।
यसैबीच ११ महिनाको अवधिमा व्यापारघाटा २५ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको अवधिमा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको उक्त अवधिमा १५ खर्ब ७७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कुल वैदेशिक व्यापार भने २९ दशमलव पाँच प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको ११ महिनाको अवधिमा १५ खर्ब चार अर्ब ६१ करोड रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षको उक्त अवधिमा १९ खर्ब ४९ अर्ब छ करोड रुपैयाँ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया