पैसा हुँदाहुँदै ऋण चुक्ता गर्न नसक्ने अवस्थामा रुस
मस्को । तिर्ने पैसा हुँदाहुँदै पनि रुस लिएको ऋणको ब्याज तोकिएकै समयमा चुक्ता गर्न नसक्ने अवस्थामा पुगेको छ । बीबीसीका अनुसार सन् १९९८ यता यस्तो अवस्था आएको रुसको पहिलोपटक हो । आइतबार ब्याज चुक्ता गर्नुपर्ने थियो तर उसले तिर्न नसक्ने अवस्था सिर्जना भएको बताइएको छ ।
रुसले आइतबारसम्म १० करोड अमेरिकी डलर ब्याज भुक्तानी गर्नुपर्ने थियो । युक्रेनमाथि एकतर्फी आक्रमण गरिरहेको रुसविरुद्ध पश्चिमा देशहरुले प्रतिबन्ध लगाएका कारण रुस यस्तो अवस्थामा आइपुगेको हो । उसले अन्तर्राष्ट्रिय ऋणदातालाई ब्याज तिर्न त्यही प्रतिबन्ध बाधक बनेको हो । सन् १९९८ यता यो पहिलो असहज अवस्था आएपछि रुसको कीर्तिमा दाग लागेको बताइउको छ । रुसी अर्थमन्त्रीले यो अवस्थालाई नाटकको संज्ञा दिएका छन् ।
फेब्रुअरीको अन्त्यतिर छिमेकविरुद्ध धावा बोलेको रुसविरुद्ध युरोप र अमेरिकाले कडा प्रतिबन्ध लगाएका छन् । यसमा रुसको अन्तर्राष्ट्रिय बैंकिङ नेटवर्कसँगको पहुँचमा कडाइ भएको छ । यसो हुँदा रुसबाट भुक्तानी गर्न मिल्दैन । रुसी सरकारले भने समयमै तिर्नुपर्ने ब्याज तिर्न चाहेको बताएको छ । उसले अहिलेसम्म तिरिरहेको पनि उल्लेख गरेको छ । रुसको ४० अर्ब डलर ऋण सबै युरो र डलरमा रहेका छन् । त्यसको आधा देशबाहिर रहेको बताइएको छ ।
बोरिस येल्ट्सिनको सत्ताको खराब बहिर्गमनपछि यो पहिलो वित्तीय खराब अवस्था हो । १० करोड डलर ब्याज भुक्तानी मे २७ मा तिर्नुपर्ने थियो । रुसले उक्त ब्याज तिर्न लगानीकर्तालाई भुक्तानी गरिदिने युरोक्लियर बैंकमा पठाएको जनाएको छ । तर रुसको उक्त रकम त्यहीँ अड्किन पुगेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया