Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१९ सय ३३ बिन्दुमा खुम्चियो सेयर बजार

१९ सय ३३ बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ९४ दशमलव ९२ अंकले उकालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने २३ दशमलव ८५ अंकले ओरालो लागेर १९ सय ३३ दशमलव १३ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव दुई अंकले ओरालो लागेर तीन सय ७५ दशमलव ८२ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २९ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ४३ हजार एक सय २२ पटकको कारोबारमा ५६ लाख ४१ हजार पाँच सय ४० कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकमक दुई अर्ब चार करोड ४८ लाख ३१ हजार नौं सय ४८ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये दुई वटा उपसमुहको सुचक उकालो लागेर बाँकी ११ वटा उपसमुहरुको ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया