Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएनसेलको पक्षमा बहस गर्ने घिमिरे निक्षेप तथा कर्जा सुरक्षणको सीईओमा नियुक्त

एनसेलको पक्षमा बहस गर्ने घिमिरे निक्षेप तथा कर्जा सुरक्षणको सीईओमा नियुक्त


काठमाडौं । एनसेलले नेपाल सरकारलाई तिर्नुपर्ने करको विषयमा विवाद उत्पन्न हुँदा एनसेलले कर तिर्नुपर्दैन भन्दै अदालतमा बहस गरेका रमेश घिमिरेलाई सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ ।

नेकपा सरकार हुँदा प्रदेश नं. १ का मन्त्री समेत रहेका जीवन घिमिरेको भाइ रहेका नवनियुक्त सीईओ घिमिरेलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्वसचिव कृष्णहरी पुस्करको संयोजकत्वमा गठित सीईओ छनोट तथा सिफारिस समितिले सिफारिस गरेको कविराज अधिकारी, रमेश दाहाल र घिमिरेबाट नियुक्त गरेको हो ।

सरकारले प्रतिस्पर्धाबाट घिमिरेलाई चार वर्षका लागि नियुक्त गरिएको हो । यसअघिका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रको कार्यकाल सकिएपछि कोषमा उक्त पद खाली रहेको थियो । उक्त पदमा नियुक्तिका लागि छनोट तथा सिफारिस समितिले दुई पटकसम्म आवेदन आह्वान गरेको थियो ।

दोस्रो पटकमा प्राप्त आवेदनबाट अन्तर्वार्ता तथा कार्यपत्र प्रस्तुतिका लागि पाँच जना कविराज अधिकारी, मेघेन्द्रप्रकाश गिरी, रमेश कुमार पोखरेल, रमेश घिमिरे र रमेश दाहाल छनोट भएर आएका र उनीहरुबाट तीन जना अन्तिम छनोटका लागि सिफारिस भएका थिए । उक्त पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन, वाणिज्य कानुन, लेखा, बैंकिङ वा बीमा विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको वा चार्टर्ड एकाउन्टेन्ट उपाधि हासिल गरेको हुनुपर्ने प्रावधान छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया