हङकङ पुगेका सीले के भने ?
चिनियाँ राष्ट्रपति सी महामारीयता पहिलोपटक मूलभूमि बाहिर
हङकङ । राष्ट्रपति सी चिनफिङ र हङकङका कार्यकारी प्रमुख क्यारी लामबीच बिहीबार हङकङमा भेटवार्ता भएको छ । उक्त अवसरमा राष्ट्रपति सीले मुख्य कार्यकारीको रूपमा लामको पाँच वर्षे कार्यकालमा भए गरेका कामहरूलाई केन्द्रीय अधिकारीहरूले पूर्ण रूपमा स्वीकार गरेको बताए ।
उनले केन्द्रीय सरकारको सहयोगमा प्रमुख कार्यकारीको रूपमा एक देश दुई प्रणालीको नीति र आधारभूत कानूनको दृढताका साथ पालना गरेको र पाँच वर्षयता उनको कार्यप्रति केन्द्र सरकार सन्तुष्ट रहेको बताए । भेटमा क्यारी ल्यामले हङकङमा महामारी अझै देखिएको बेलामा हङकङको भ्रमण गरेकामा राष्ट्राध्यक्ष सी चिनफिङप्रति हार्दिक आभार ज्ञापन गरेकी थिइन् ।
राष्ट्राध्यक्ष सीको हङकङ निरीक्षण भ्रमण मातृभूमिलाई बलियो र समृद्धि बनाउने र उनको हङकङ निरीक्षण भ्रमण पूर्णरूपमा सफल हुने विश्वास आफूले लिएको पनि उनले बताइन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया