दोलखा, फागुन ९
नेपालकै चर्चित पुरानो ऐतिहासिक दोलखाको भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमेश्वरको शिलामा पसिना आएपछि भक्तजनको भीड बढेको छ । बिहीबार बिहान ५ः४५ बजेदेखि ६ः३० बजेसम्म भीमेश्वरको शिलामा पसिना आएको भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए ।
समितिका अनुसार यसअघि पनि विभिन्न समयमा शिलामा पसिना आउने गरेको थियो । अहिले १७औं पटक पसिना आएको हो । भीमेश्वरलाई ‘पसिना’ आउँदा देशमा अत्यन्त अनिष्ट वा शुभ हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको मन्दिर व्यवस्थापन समितिको भनाइ छ । पसिना आएपछि राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले भीमेश्वर मन्दिरमा क्षमापूजा पठाउने चलन रहेको भीमेश्वर नगरपालिका २ का वडाध्यक्ष विराज श्रेष्ठले बताए ।
यसअघि २०७४ सालमा भीमेश्वरलाई ‘पसिना’ आएको थियो । शिलाको टुप्पामा पानीको थोपा देखिँदै बग्नुलाई भीमेश्वलाई पसिना आएको भन्ने मानिन्छ । उक्त ऐतिहासिक मन्दिरको शिलामा ‘पसिना’ आएपछि अनिष्ट टार्न राष्ट्रप्रमुखले क्षमा पूजा गर्ने मान्यताअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा सामग्री पठाएकी थिइन् । १९९० सालपछि हालसम्म १७ पटक भिमेश्वर मन्दिरको शिलामा पसिना आएको अभिलेख भीमेश्वर मन्दिर व्यवस्थापन समितिसँग रहेको पूजारीहरू बताउँछन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया