प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरामा ‘बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले साउन १९ देखि २३ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरू एवं शाखा उपशाखा कार्यालयका कर्मचारीहरूलाई सम्मान गरेको छ । बिजनेस कन्फरेन्स कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरे भने क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक समिति अध्यक्ष सुभाष अमात्यले गरेका हुन् ।
कार्यक्रममा आगामी दिनका लागि कम्पनीको व्यावसायिक रणनीति तथा अवलम्बन गरिने मार्गदर्शन निर्माण गरिनुका साथै विभिन्न मोटिभेसन र मनोरन्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो । उक्त सम्मेलनमा देशभरि रहेका उत्कृष्ट अभिकर्ता, प्रदेश कार्यालय प्रमुख, शाखा तथा उपशाखा कार्यालयलगायतका कर्मचारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
पहिलो चरण, बिजनेस कन्फरेन्स कार्यक्रममा उत्कृष्ट कार्यसम्पदान गर्ने कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने दोस्रो चरण, क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष श्री सुभाष अमात्य र प्रमुख कार्यकारी अधिकृत प्रसाईले उत्कृष्ट व्यवसाय गर्ने सीईओ क्लब तथा चेयरम्यान क्लब दर्जाका अभिकर्ताहरूलाई सम्मान गरेका थिए । कम्पनीका चियरम्यान क्लबमा पर्न सफल अभिकर्ताहरूलाई सञ्चालक समिति अध्यक्ष सुभाष अमात्यले र सीईओ क्लबमा पर्न सफल अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत प्रसाईले सम्मान तथा विभिन्न पुरस्कारहरू प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु लाइफका सञ्चालक समिति अध्यक्ष अमात्यले छोटो समयमा प्राप्त सफलताहरूले हाम्रो आगामी यात्राको लक्ष्य निर्धारण गर्नेछ भनी शुभकामना व्यक्त गरे । त्यस्तै सम्बोधनकै क्रममा प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हामी सबैको अथक मिहिनेत एवं प्रयासले गत आर्थिक वर्ष २०७८/७९ को लक्ष्य चुम्न सफल भएकोमा सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरूलाई धन्यवाद व्यक्त गरे । उनले भने, ‘दृढ संकल्प र मिहिनेतले नै यो उचाइमा पुग्न सफल भएका हौँ भने आगामी दिनमा यो उचाइको वृद्धिदरलाई कायम राख्ने दृढ विश्वास व्यक्त गर्दछौँ ।’
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया