हिमालय एअरलाइन्सद्वारा चीनको छिङदाओमा कूटनीतिक चार्टर्ड उडान
काठमाडौं । हिमालय एअरलाइन्सले परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक भ्रमणका लागि मंगलबार चीनको छिङदाओ (सिङ्ताओ) जाने एक विशेष कूटनीतिक चार्टर्ड उडान सञ्चालन गरेको छ । परराष्ट्र मन्त्रालयको विशेष अनुरोधमा कम्पनीले कूटनीतिक चार्टर्ड उडान गर्ने विशेषाधिकार प्राप्त गरेको थियो ।
परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको ११ सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालयको एअरबस ए३१९, ९एन एजेकेको उडान नं. एच९ ७२२० ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार राति ११ः०७ बजे (स्थानीय समय)मा प्रस्थान गरेको थियोे । उक्त विमान छिङदाओ लिउटिङ अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान ७ः५५ बजे (स्थानीय समय)मा अवतरण गरेको कम्पनीले जनाएको छ । छिङदाओको दुईदिने औपचारिक भ्रमणपछि बिहीबार अपराह्न ३ः०० बजे (स्थानीय समय) प्रस्थान गर्ने उडान एच९ ७२२१ मार्फत प्रतिनिधिमण्डलका सदस्यहरु फर्किने र सोही दिन अपराह्न ४.५० मा (स्थानीय समय) काठमाडौं आइपुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
सन् २०२० मा फैलिएको कोभिड–१९ को महामारीका कारण नेपाल र चीनबीचको हवाइ यात्रा दुवै देशले लागू गरेका विभिन्न यात्रा प्रतिबन्धपश्चात् ठप्प भएको थियो । यद्यपि, महामारी नियन्त्रण भएर जनजीवन सामान्यतातर्फ फर्किएपछि, हिमालयले मे ३१, २०२२ बाट चीनको कुनमिङ जाने आफ्नो निर्धारित उडान तालिका सञ्चालन गर्दै साप्ताहिक रुपमा एउटा उडानका साथ सेवा सुरु गरेको थियो । काठमाडौंबाट छिङदाओका लागि सीधा उडान तालिका नभएकाले एअरलाइन्सले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर्ड उडान सञ्चालन गरेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया