अमेरिका । विश्वका धनी इलोन मस्कले चर्चित अमेरिकी विद्युतीय कार निर्माता टेस्लाको ७९ लाख कित्ता सेयर बिक्री गरेका छन् । झण्डै ८० लाख कित्ता सेयर बिक्री गरेर उनले ६ अर्ब ९० करोड अमेरिकी डलर संकलन गरेका छन् ।
अमेरिकी धितोपत्र तथा विनिमय आयोगमा मंगलबार पेस गरिएको कागजातबाट गत शुक्रबार मस्कले सेयर बिक्री गरेको विवरण बाहिर आएको हो । अप्रिलयता मस्कले टेस्लाको सेयर बिक्री गरेको पहिलोपटक हो । त्यतिखेर उनले ९६ लाख कित्ता सेयर बिक्री गरी आठ अर्ब ५० करोड डलर उठाएका थिए । अप्रिलमा ट्विटर किन्ने सम्झौता हुँदा उनले बिक्री गरेका थिए ।
तर एक महिनाअघि मात्रै उनले ट्विटर नकिन्ने बताएका थिए । उनले ट्विटरमा रहेका झूटा खाताबारे विवरण नदिएको भन्दै नकिन्ने बताएका थिए । त्यसयता मस्क र ट्विटरबीच कानुनी विवाद सुरु भएको छ । अप्रिलमा सेयर बिक्री गर्दा मस्कले अब अरु सेयर बिक्री नगर्ने बताएका थिए । यो वर्ष ट्विटरको सेयर मूल्यमा झण्डै २० प्रतिशत कमी आएको छ । तर पछि १४ प्रतिशतले उकालो समेत लागेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया