रिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त
काठमाडौं । रिचेत जलविद्युत् कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्नको लागि एनआईबीएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रूपमा नियुक्त भएको छ । कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा स्थापना भएको रिचेत जलविद्युत् कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर– १५, महालक्ष्मी स्थानमा अवस्थित छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि एक लाख १२ हजार दुई सय २३ दशमलव ५७ कित्ता साधारण सेयरहरूको सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।
उक्त सम्झौतापत्रमा बुधबार अर्जुन प्रसाद पौडेल (अध्यक्ष, रिचेत जलविद्युत् कम्पनी लिमिटेड) र शिशिर खनाल (कम्पनी सचिव, रिचेत जलविद्युत् कम्पनी लिमिटेड) तथा सचिन्द्र ढुंगाना (नायब महाप्रबन्धक, एनआईबीएल एस क्यापिटल लिमिटेड) र रोश्ना मानन्धर (प्रमुख–मर्चेन्ट बैंकिङ, एनआईबीएल एस क्यापिटल लिमिटेड)ले हस्ताक्षर गरेको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया