सोलुखुम्बु । सोलुखुम्बुमा यस वर्ष अलैँची उत्पादनमा १७ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । गएको वर्ष ८४ मेट्रिक टन अलैँची उत्पादन भएको जिल्लामा यस वर्ष घटेर ६९ मेट्रिक टन मात्रै उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । जुन १७ दशमलव ८५ प्रतिशतले कमी हो ।
अलैँचीमा रोग किराले दुःख दिनु, मूल्यमा गिरावट आउँदा कृषकह्रूले खेतीमा कम चासो दिनु तथा बोट बुढो हुनुजस्ता कारणले उत्पादन घटेको ज्ञान केन्द्र सोलुखुम्बुको अनुमान छ । पछिल्लो समय अलैँचीमा छिर्के फुर्के रोगको प्रकोप अत्यधिक देखिएको कार्यालयका सूचना अधिकारी कुलबहादुर राईले जानकारी दिए । उनले भने, ‘अलैँचीले सामन्यतया ३/४ वर्षसम्म राम्रो उत्पादन दिने भए पनि ८/१० वर्ष पुरानो बोटहरू धेरै हुँदा पनि भनेजस्तो उत्पादन हुँदैन । अलैँचीलाई ४/५ वर्षपछि पुरानो बोटलाई मासेर नयाँ बिरुवा लगाउनुपर्ने भए पनि मूल्य घटेकाले कृषकहरूले यसको खेतीमा ध्यान दिएका छैनन् ।’
मूल्य घटेसँगै पुरानो बोट मासेर नयाँ बिरुवालगाउनमा कृषकहरू अग्रसर नदेखिएकाले वर्षेनी उत्पादन घटने क्रममा रहेको उनको भनाइ छ । जिल्लाको गोली, भकान्जे, चौलाखर्क, बुदेल, बुङ, सोताङ, अँधेरीलगायतका क्षेत्रमा गरी एक सय हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिकरूपमा अलैँची खेती हुनेगरेको छ । गोली भकान्जे, चौलाखर्क, बुङ, गुदेललगायतका क्षेत्रलाई तत्कालीन कृषि विकास कार्यालय सोलुखुम्बुको कार्यसमितिले अलैँची पकेट क्षेत्र नै घोषणा गरेको थियो । विगतमा अलैँचीको मूल्य बढ्दा हौसिएका कृषकह्रू पछिल्लो समय निराश भएका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया