काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ४२ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक कमल थापाका अनुसार रामेछापको साबिक भटौली गाविस वडा नं. ७ हालको परिवर्तित मन्थली न.पा.वडा नं. ७ घर भई हाल काठमाडौं का.म.न.पा. १० बस्ने ३९ वर्षीय निरज बुढाथोकीलाई बैंकिङ कसुरको अभियोगमा काठमाडौंको कोटेश्वरबाट पक्राउ गरिएको हो ।
प्रवक्ता थापाका अनुसार बुढाथोकीले सेन्चुरी बैंक लिमिटेड, शाखा कार्यालय कोटेश्वर काठमाडौंमा रहेको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दाहरुमा प्रतिवादी बुढाथोकीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा आठ दिन कैद र ४२ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो । सो पश्चात् फरार रहेका बुढाथोकीलाई सीआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले मंगलबार कोटेश्वर काठमाडौंबाट पक्राउ गरेको हो । प्रवक्ता थापाका अनुसार पक्राउ परेका बुढाथोकीलाई बुधबार काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया