गोर्बाचेभको अन्तिम विदाइमा गएनन् पुटिन
मस्क । शीतयुद्ध अन्त्य गर्न र सोभियत संघको विघटनलाई गति दिन कठोर सुधारको पहल गरेका पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभलाई श्रद्धाञ्जलि दिन शनिबार हजारौंको संख्यामा शोकसन्तप्त मानिसहरू लामबद्ध भएका छन् ।
क्रेमलिनले राजकीय अन्त्येष्टिको घोषणा गर्न इन्कार गर्नु गोर्बाचेभको ‘विरासत’को बारेमा उसको बेचैनीलाई प्रतिविम्बित गरेको छ । गोर्भाचेभलाई कट्टर साम्यवादी शासनको विकल्पमा उभ्याएकोमा विश्व समुदायको मिश्रित प्रतिक्रिया रहने गरेको छ । कम्युनिष्ट समाजवादी धारले उनलाई सोभियत संघ विघटनको दोषी मान्ने गरेको छ भने अमेरिकालगायतले प्रशंसा गर्ने गरेका छन् ।
सोभियत संघको पतन र त्यसपछिको आर्थिक मन्दीको लागि सोभियत संघमा धेरैले उनको आलोचना गर्ने गरेका छन् । उनको कदमले रूसी जनतालाई गरिबीमा डुबाएको बुझाइ रूसीहरूको रहेको छ । गत बिहीबार पुटिनले मस्कोको एक अस्पतालमा गोर्बाचेभको कफिनमा निजी रुपमा पुष्पगुच्छा अर्पण गर्दै गोर्भाचेभको ‘अन्तिम विदाइ’ गरेका थिए । क्रेमलिनले राष्ट्रपतिको व्यस्तताले उनी अन्त्येष्टि कार्यक्रममा सहभागी हुन नसक्ने बताएको छ ।
पुटिन कुन खास काममा व्यस्त रहेको भनी सोधिएको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शनिबार पत्रकारहरूसँग भने, ‘राष्ट्रपति पुटिनले शृङ्खलाबद्ध बैठकहरू, अन्तर्राष्ट्रिय फोन कलहरू गर्नेछन् र अर्को हप्ता रूसको सुदूर पूर्वमा एक व्यापार मञ्चको लागि तयारीको कार्यक्रम छ ।’
९१ वर्षको उमेरमा मंगलबार निधन भएका गोर्बाचेभलाई उनकी पत्नी रायसाको छेउमा रहेको मस्कोको नोभोडेभिची चिहानमा अन्त्येष्टि गरिनेछ । उनलाई हाउस अफ द युनियन्सको पिलर हलमा विदाइ समारोहपछि अन्त्येष्टि गरिनेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया