जर्मनीको निर्यातमा ह्रास, आर्थिक मन्दीको डर
बर्लिन । जर्मनीको निर्यात चार महिनामा पहिलो पटक जुलाईमा घटेको शुक्रबार प्रकाशित सरकारी तथ्यांकले देखाएको छ ।
संघीय तथ्यांक एजेन्सी (डेस्टाटिस)को मौसमी समायोजित तथ्यांकअनुसार जर्मनीले अगष्टमा देशले एक सय ३१ दशमलव तीन अर्ब युरो अर्थात् एक सय ३१ दशमलव चार अर्ब अमेरिकी डलर बराबरको सामान निर्यात गरेको छ, जुन जूनको तुलनामा दुई दशमलव एक प्रतिशत कम हो ।
यो सूचक गत वर्षको जुलाईको तुलनामा १४ दशमलव तीन प्रतिशतले बढी हो भने जर्मनीको व्यापार सन्तुलन पाँच दशमलव चार अर्ब युरोमा सकारात्मक रहेको छ । मुद्रास्फीति बढ्दै जाँदा र युक्रेनमा रूसको आक्रमणको असरले लामो छायाँ पार्दा मुलुकको निर्यातमा आधारित अर्थतन्त्रको दृष्टिकोणप्रति व्यवसायहरू निराशावादी बन्दै गएका छन् ।
जर्मनीको इफो इन्स्टिच्युटले हालै देश ‘मन्दीको संघारमा’ पर्नसक्ने चेतावनी दिएको थियो । ‘विश्वव्यापी आपूर्ति शृङ्खलामा चाप, भूराजनीतिक जोखिम र बढ्दो उत्पादन लागत यस नयाँ प्रवृत्तिको पछाडिका स्पष्ट संवाहकहरू हुन्’, आईएनजी बैंकका म्याक्रो कास्र्टेन ब्रेजेस्कीले भने ।
युक्रेनमा आक्रमण गरेदेखि नै प्रतिबन्धको चपेटामा परेको रुसमा जर्मनीको निर्यात जुलाईमा १५ दशमलव एक प्रतिशतले घटेर एक दशमलव शून्य अर्ब युरोमा झरेको छ । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५५ दशमलव एक प्रतिशतले कम हो ।
जर्मनीको सबैभन्दा ठूलो निर्यात गन्तव्य संयुक्त राज्य अमेरिकाको निर्यात १३ दशमलव सात प्रतिशतले घटेर १२ दशमलव तीन अर्ब युरोमा झरेको छ भने चीन र बेलायततर्फको निर्यातमा पनि गिरावट आएको छ । जर्मनीको अर्थतन्त्र अप्रिल र जुनको बीचमा स्थिर रहेको र शून्य प्रतिशतको वृद्धि दर हासिल गरेको यहाँको आधिकारिक तथ्यांकले देखाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया