काठमाण्डौँ,फागुन १५
नेपाल इन्भेष्टमेन्ट बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो ३४औं वार्षिकोत्सव मनाउने क्रमममा संस्थाको मूल्य मान्यतालाई सम्झनायोग्य बनाउँदै नेपाल रेडक्रस सोसाइटिसँगको सहकार्यमा जीवन उपहार प्रदान गर्ने रक्तदान कार्यक्रमको आयोजना गरेको हो । यस अवसरमा ग्राहकहरूसँगै मनाउन तथा अत्याधिक सेवा प्रदान गर्ने उद्देश्यसहित आफ्ना अमूल्य ग्राहकहरूको सम्मानमा दुई योजनाहरू पनि सुरू ग¥यो, जुन यसका संस्थागत मूल्य मान्यताको एक हिस्सा हो, बैंकले भनेको छ । पहिलो योजनाअन्तर्गत वार्षिकोत्सवका दिन (२०७६ फागुन १४ गते), भिसा डोमेस्टिक क्रेडिट÷डेबिट कार्ड तथा मास्टर कार्ड डोमेस्टिक डेबिट कार्डको कारोबारमा ३४ प्रतिशत क्यास ब्याक पाइनेछ, जुन अधिकतम तीन हजार चार सय रूपैयाँसम्मको हुुनेछ । दोस्रो योजना आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका साथै देशकै प्रमुख तीर्थस्थल गोसाइकुन्ड हेलिकप्टरमार्फत भ्रमण गर्न बैंकका प्रत्येक ग्राहक र कर्मचारीहरूको पहुँच अभिवृद्धिका लागि सिम्रिक एयरसँगको सहकार्यमा ६ महिनासम्म एनआईबीएल भिसा क्रेडिट कार्डमार्फत मासिक तीन हजार चार सयको किस्ताबन्दीमा गोसाइकुन्ड भ्रमणको प्याकेज उपलब्ध हुनेछ । मासिक किस्ताबन्दी (ईएमआई प्याकेज) वार्षिकोत्सवदेखि मार्च २०२० सम्म उपलब्ध हुनेछ ।
साथै बैंकले बालबालिकाहरूका लागि चित्रकथा (कमिक) किताब, ‘चिडिया खाना घुम्न जाँदा’ पनि सार्वजनिक गरेको छ, जसमार्फत बैंकले बाल्यावस्थाबाटै सांस्कृतिक तथा नागरिक नैतिक विकासका साथै वित्तीय र प्राविधिक जनचेतना अभिवृद्धिको आवश्यकतामा जोड दिएको छ । बैंकले यस किसिमको पहलबाट सानै उमेरमा बालबालिकाहरूमा वित्तीय, प्राविधिक ज्ञानका साथै सुसंस्कृति नैतिकताको विकास भएको जनसंख्याबाट अन्ततः देशको समग्र आर्थिक विकासमा योगदान पु¥याउने विश्वास लिएको छ । यसबाहेक बैंकले गतवर्ष वार्षिकोत्सवकै दिन ‘बैंकसँगको नाता मेरो आफ्नै बचत खाता’ अभियानसहितको कमिक बुक पनि ल्याएको थियो । कला, संस्कृति र सम्पदाको संरक्षण यस संस्थाको मुख्य मान्यता हो, जुन एनआईबीएलले वर्षौंदेखि दृढतापूर्वक अनुसरण गरिरहेको छ र आउँदा वर्षहरूमा पनि यसलाई कायमै राख्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया