माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षणबीच सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता भएको छ । बैंकका अनुसार कृषि कर्जा सुरक्षण गर्ने विषयमा कोषसँग सम्झौता गरिएको हो ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतामा हस्ताक्षर भएसँगै बैंकले कृषि व्यावसायको लागि प्रवाह गरेको तीन करोड रुपैयाँसम्मको कर्जा कोषले सुसक्षण गर्नेछ । तीन करोड रुपैयाँसम्मको त्यस्तो कर्जामध्ये एक करोडभन्दा माथिको कर्जाको हकमा बैंकले कोषको पूर्वस्वीकृति लिनुपर्ने हुन्छ ।
यसप्रकार सुरक्षण गर्ने कर्जाको सुरक्षण शुल्क शून्य दशमलव छ प्रतिशतमध्ये ५० प्रतिशत नेपाल सरकारले अनुदानमार्फत व्यहोर्ने र बाँकी ५० प्रतिशत मात्र दुई किस्तामा बैंकले कोषमा बुझाउनेछ । कोषमा सुरक्षित कृषिकर्जा ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट कृषि परियोजना नाष्ट भएमा वा अन्य विभिन्न काराणबाट कर्जा असुली हुन नसकेमा बैंकले दाबी गर्नसक्ने र उक्त दाबीमा कोषले ८० प्रतिशतसम्म भुक्तानी गर्ने बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया