अर्थतन्त्रको उत्थानका लागि विदेशी पर्यटकलाई खुल्ला गर्दै जापान
टोक्यो । जापानले विदेशी पर्यटकलाई खुल्ला गर्ने तयारी गरेको छ । सरकारी अधिकारीहरुले अर्थतन्त्रलाई माथि उठाउन कोरोनाका कारण सीमामा गरिएका कडाइ खुकुलो बनाउन सक्ने बताएको बीबीसीले जनाएको छ । डेपुटी चिफ क्याबिनेट सेक्रेटरी सेइजी किहाराले स्थानीय टेलिभिजनलाई येन (जापानी मुद्रा) कमजोर भएको बेला धेरै पर्यटक तान्न सकिने बताएका हुन् । गत हप्तामात्रै अमेरिकी डलरको तुलनामा येत हालसम्मकै कमजोर बन्ने क्रममा १.७ प्रतिशतले अवमूल्यन भएको थियो ।
पछिल्लो दुई वर्षमा जापानले धेरैजसो विदेशी पर्यटकलाई प्रवेश रोक्दै आएको छ । कोरोना महामारीका कारण जापानले कडाइ गरेको हो । गत वर्ष ढिलाइ भएको टोक्यो ओलम्पिक गेम्समा पनि उसले पर्यटकलाई आउन रोकेको थियो । यो महिनाको सुरुतिर भने धेरैजसोलाई प्रवेश दिएको थियो । उक्त महिना ५० हजार पर्यटक प्रतिदिनको हिसाबमा जापान भित्रिएका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया